काठमाडौं । हरिदत्त फुलारा र लवनी चक्रवतीको स्वरमा रहेको राष्ट्रिय गीत ‘यदि तिमी नेपाली हौ भने’ सार्वजनिक भएको छ । मित्र केसीको शब्द रचना एवं संगीत, विशाल निरौलाको एरेञ्ज र रञ्जन राईको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा यदि तिमी नेपाली हौ भने, देशलाई माया गरेका छौ भने नेपाली पनलाई नभुल, संस्कार र संस्कृतिलाई सधैँ आत्मसाथ गर भन्न भावना व्यक्त गरिएको छ ।
नारायण मगरले निर्देशन गरेको गीतको भिडियोमा गायक र गायिकालाई फिचरिङ गरिएको छ । अभया चौधरीको छायांकन रहेको भिडियोमा राज धामीको दृश्य सम्पादन छ । गीतको भिडियो मित्र केसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध