
काठमाडौं । ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले नयाँ चलचित्र ‘लालीबजार’ निर्माण गर्ने भएको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो ।
चलचित्रका लेखक तथा निर्देशक यम थापा रहनुभएको छ । चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैहुनुहुन्छ भने यस चलचित्रका कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहनुभएको छ । निर्माता बानियाँले षट्कोण आट्र्सले स्क्रप्टिकै खोजीको क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत भएको बताउनुभयो ।
निर्माता बानियाँले चलचित्र घोषणासँगै रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले तयार पारेको ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गर्नुभएको छ । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ । ‘लालीबजार’ का लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ, जहाँ रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको संकेत गर्दछ ।
एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहित गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपस्टिक ठाडो अवस्थामा रहेको छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ । भीमसेनका अनुसार, यी तत्वहरूको संयोजनले गहिरो लुकेको अर्थ बोकेको छ र चुराको गोलाबाट बाहिरतिर उडिरहेका चराहरूले आशा र स्वतन्त्रताको अनुभूति दिलाउँछन् ।
‘लालीबजार’ का लागि कलाकार छनोट प्रक्रियामा रहेको निर्माता बानियाँले जानकारी दिनुभयो । उहाँले आगामी दशैँ लगत्तै चलचित्रको छायांकन गरिने उहाँले जानकारी दिनुभयो । षट्कोण आट्र्सले एकल निर्माता भएर निर्माण गरिरहेको ‘लालीबजार’ पाँचौं चलचित्र हो । यसबाहेक ‘टल्कजंग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मंक’ लगायतका चलचित्रमा अन्य ब्यानरसँग सहकार्य गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच