
काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गतेदेखि सिनेमाघरमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘महाभोज’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा रिलिज गरिएको पोष्टरमा ‘महाभोज’का प्रमुख तीनजना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने हुनुहुन्छ । ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोष्टरले नेपाली समाजमा विद्यमान सामाजिक संघर्षको चित्रण गर्छ । तीनै पात्रको अनुहारको भावनाले चलचित्रमा हुने द्वन्द्व, द्वैधता र संघर्षको संकेत दिन्छ ।
दिनेश राउतको निर्देशन रहेको यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारको अभिनय छ ।
हिमाल कडरियाको निर्माण, क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको ‘महाभोज’को कथा तथा पटकथा सुवेदीले लेख्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच