
काठमाडौं । अभिला युनिभर्सिटी एरिजोनाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । उक्त युनिभर्सिटीले काठमाडौंमा शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधि, कन्सल्ट्यान्ट र साझेदारबीच एक कार्यक्रम गर्दै छात्रवृत्ति योजनाबारे जानकारी दिएको हो । कार्यक्रममा डायना मोक्कुटे, चिफ अफ पार्टनरसिप्स, जियुएस नोर्थ अमेरिका एण्ड हेड अफ स्टुडेन्ट रिक्रुटमेन्ट, अभिला युनिभर्सिटी एरिजोना तथा सागर गिरिधर, रेजिनल डाइरेन्टर-एसिया, अभिला युनिभर्सिटी एरिजोनाको उपस्थिति थियो ।
सो अवसरमा डायना मुुक्कुटेले कार्यक्रममा सहभागी कन्सल्ट्यान्टहरूलाई विश्वविद्यालयको दीर्घकालीन भिजन, दक्षिण एसियाली विद्यार्थीप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारी विस्तारका रणनीतिबारे जानकारी दिनुभएको थियो । उहाँले अभिला युनिभर्सिटी एरिजोना नेपाललगायतका मुलुकसँग सशक्त शैक्षिक साझेदारिता विस्तार गर्न इच्छुक रहेको बताउनुभयो ।
त्यसैगरी सागर गिरिधरले दक्षिण एसियाली विद्यार्थीका लागि विश्वविद्यालयले प्रस्तुत गरिरहेका शैक्षिक अवसर, समावेशी वातावरण र छात्रवृत्ति योजनाबारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका विद्यार्थीका लागि यो विश्वविद्यालय सस्तो शिक्षण शुल्क, आधुनिक शिक्षण पद्धति र सुरक्षित वातावरणसहित उत्कृष्ट गन्तव्य बन्न सक्छ ।’ सोही अवसरमा अभिला युनिभर्सिटी एरिजोनाले नेपाली विद्यार्थीका लागि सीमित सिटमा उपलब्ध हुने ४५ हजारसम्मको वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको थियो । छात्रवृत्ति शैक्षिक उपलब्धि, नेतृत्व क्षमता र समर्पणका आधारमा प्रदान गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच