
प्रेम जीर्ण भएको छ
प्रेयसी अलप छिन्
प्रेमिकाबारे शब्द सोच्दासोच्दै
जहान हात समात्न आइपुग्छिन्
म के कविता लेखूँ ?
कलम स्कुलमै छुट्यो
कापी घोषणा पत्र लेख्नेले सके
कम्प्युटरमा इलम मात्रै हुन्छ
मोबाइल त मेसिन भइहाल्यो
म कहाँ कविता लेखूँ ?
वायुको बखान गरौं
प्रदूषणले आँखै पोल्छ
पर्यावरण आफैँ बेहोस् छ
तारापुञ्ज तुवालोले ढाकेको छ
म केको कविता लेखूँ ?
चराको चिरबिर सुनिँदैन
वसन्तमा कोइली कराउँदैन
अरुण सुसाउँदैन
यो शहरमा यस्तै छ
म कसको कविता लेख्नुँ ?
देश भनुँ रित्तो छ
प्रदेशी जीवन परै छ
उर्बर भूमि उराठलाग्दो छ
गाउँमा ग्वाला छैनन्
हिमालमा हिउँले रंग फरेको छ
जंगल हे¥यो एक्लै जंगिरहेछ
म केलाई कविता बनाऊँ ?
हरियाली हरायो
पाखा पाखामा प्लटिङ छ
सुस्केरा कतै सुनिँदैन
पसिनाको सुगन्ध हरायो
जताजतै अत्तर गन्हाउँछ
बाटोमा हिँड्दा नाक थुन्नु पर्छ
कानले सधैं यस्तै सुन्नुपर्छ
के को हर्ष बढाइ गरौं ?
म कसरी कविता लेखूँ ?
सुशासनबारे लेख्नै आँटेको थिए
अखबारमा टेरामक्सको खबर छापियो
टिभीले सहकारी र शरणार्थी काण्ड कहलायो
रेडियो घोटालाको गीत रटिरहेछ
आशा चीर निन्द्रामा विलिन भइसक्यो
निराशा नसनातामा छ
मन यसैमा नजरबन्द छ
भन्नुस् ! त म कविता लेखुँ कि कुण्ठा पोखुँ ?
हे नारन ! क मे लेखुँ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच