
गत वैशाख १९ गतेबाट क्रमश :
...यही साल मेरी ठूली दिदी राधादेवी सापकोटाको तेह्रथुमको मोराहाङमै प्रिग्नेन्सीमा केही समस्या भएछ । पहाडबाट अब बाँच्दिन भन्ने खबर आउन थाल्यो । यो खबरले आमाका आँखा ओभानु हुन छाडे । बुबाले जति खर्चलागे पनि भरियालाई बोकाएर छोरी पठाइ दिनू भनेपछि पाँच-छ दिनमा दिदीलाई अर्धमृत अवस्थामा धरान ल्याइयो र भोलिपल्ट बिहान ब्रिटिश कयाम्प घोपाको हस्पिटलमा लगियो । क्याम्पमा तुरुन्त सर्जरी गर्नुपर्छ भनेर रगत खोज्नु भने । हामीले कता रगत खोज्नु ? दिदी लिएर गएका ठूलालाई बोलाएर रगत म्याच गर्नथाले कसैसँग म्याच भएन । कसैसँग म्याच नभएपछि म फुच्चेको पालो आयो र दैव संयोगले मेरो रगत म्याच भयो । रगत निकाल्न मलाई भित्र लानुपूर्व सानु दिदीले सायद मेरो मायाले यति सानाको रगत निकाल्नुहुन्छ र ? भन्नुभयो तर लिन आएकी नर्सले भाइ तगडै छन् भनेर मलाई रगत दिन लगिन् र सुताइन् । म आफूलाई अब बाच्दिन जस्तो लाग्न थाल्यो नर्सहरूले केही हुँदैन भनेर सम्झाए तथापि म सारै डराएँ । अन्ततः मेरो एक पोका रगत निकालेर मलाई आराम गर भन्दै जुस र चकलेट थमाएर निस्किए । आधाघण्टापछि एक अधबैँसे नर्स आएर पाँच-सात दिन आराम गर्नु र यी एक-एक भिटामिनका गोली बिहान-बेलुका दूधसँग खानु भनेर एउटा प्लाष्टिक बट्टा थमाइन् र मेरो टुप्पीतिर हेर्दै अण्डा खाने गरेको छ ? भनेर सोधिन् तुरन्त मैले केही बोल्नुपूर्व उनैले खाने गरेको छ भने दूधसँग अण्डा खानु भनिन् र हास्तै निस्किइन् । उनको यो भनाइले मलाई लुकेर अण्डा खाने मार्ग प्रसस्त भएछ ।
नौ कक्षाको फाइनल परीक्षा दिँदै गर्दा संस्कृत विषयको दिन मेरो चुरीफुरी अलिक बढी नै थियो । मैले डेड घण्टाको उत्तर पुस्तिका तीस मिनेट जतिमा लेखिसकेर दायाँबायाँका साथीहरूले सोधेको बताउन थालेँ । मैले लेखिसकेको कपी फिजारेर राखिदिएकाले साथीहरू मेरो कपीबाट उतारिरहेका थए ।
म रगत दिएपछि मानसिक रूपले आफूलाई कमजोर भएको महसुस गर्न थाले । दुई-तीन दिनपछि यो कुरा हरिनारायण खनाल दाइलाई सुनाए र अण्डा खाँदा के हुन्छ भनेँ । उनले खुशी हुँदै राम्रो हुन्छ । म भरे तिम्रो लागि अण्डा ल्याइदिन्छु र बेलुका खान सिकाइ दिन्छु भने । म खुशी हुँदै बेलुका कतिखेर होला भनेर पर्खन थालेँ । कसैले थाहा नपाओस् भनेर झमक्क साँझ परेपछि हरिनारायण दाइ र म दुइटा अण्डा बोकेर खहरे तिर गयांै । दाइले होशियारी पूर्वक एकटा चुच्चे ढुंगामा दुबै अण्डालाई टुक्कटुक्क हानेर घुमाइ घुमाइ चर्काएर गोलो प्वाल बनाए र मलाई आँ गर भने मैले त्यसै गरेँ । मैले आँ गर्नासाथ उनले मेरो मुखमा रालोसहित यौटा अण्डा खनाइ दिए र घुटुक्क निल भने मैले त्यसै गरेँ । मैले निली सक्ता उनले पनि अर्को अण्डा आफैंले निलीसके । उनलाई केही भएन तर, मैले निली सक्ता भने मलाई मुखमा दुर्गन्धको मुस्लो पसेझैँ भयो । गनाएर उल्टी होलाझैँ भयो र फेट हुडलेको आभाष भयो । मैले वाक्क गर्न थालेँ यो थाहा पाएर उनले हत्तपत्त गोजीबाट ल्वाङ सुकुमेल र दाल चिनीको सानो टुक्रा खान दिए । यी सबै कुरा एकैपटक खाएपछि भने मलाई केही राहत भयो । हामी एकछिन् त्यहीँ बस्यौ, उनले पाँच-सात दिन यस्तै हुन्छ र विस्तारै बानी लाग्छ भनेर मलाई आश्वस्त पारेँ । हामीले सात दिन यसरी नै अण्डा खायौ । त्यसपछि भने म अण्डा खान आदि भएँ ।
नौ कक्षामा पढ्न थालेपछि सबै दाइहरूकोझैँ सिनेमा हेर्ने नयाँ रोगको चश्काले मलाई पनि समात्यो । यो भन्दा पहिले मेरो सिनेमाप्रति त्यति ध्यानाकर्षण भएको थिएन । आफूभन्दा ठूला कक्षाका दाइहरू र आफ्नै दाजु युवराजले उनीहरू सँगसँगै सिनेमाका कुरा गर्दा भने चाख मानेर सुन्दथे । अहिले पनि २०२३ व्याचका विद्यार्र्थीले राम्रो नतिजा ल्याएर अन्यत्र गए पनि घरमा बस्ने विद्यार्थीको कमी थिएन । दश कक्षा पढ्ने डिल्लीराम खनाल, टंक पोख्रेल, गुरूप्रसाद बास्तोला, टंक बास्तोला र दाजु युवराजसमेतको जमात थियो । म र रमेश भने नौ कक्षाका अलिक पृथकझँै थियौ । म दिदीलाई मनाएर भएन भने घुक्र्याएर भए पनि जेनतेन पैसा जुटाउँथे र दाइहरूसँग सिनेमा हेर्न नछुटाउने भएँ ।
धरानमा भएका दुई सिनेमा हलहरूमा कसले नयाँ र राम्रा सिनेमा ल्याउने भनेर खुवै प्रतिस्पर्धा हुन्थ्यो । हामी शिव सिनेमा र गणेश टाकिज दुवै हलका सिनेमा पालो गरीगरी हेर्न भ्याउथ्यौं । कन्यादान, दो कलिया, नील कमल, साथी, आदमी वक्त आदि चर्चित सिनेमाहरू हाम्रा चर्चाका विषय बन्थे । हाम्रो मनोरञ्जनको साधन मसँग भएको पानासोनिक रेडियो सुन्नु, हप्तामा सिनेमा हेर्नु र कहिलेकाही सर्दूतिर घुम्न जानुमै सीमित थियो । हामी अमिन शाहनीको बिनाका गीतमालाका पूर्णकालीन श्रोता थियौ । एकछिन् रेडियो बन्द भयो भने हामीबीच खैलाबैला नै हुन्थ्यो । हामी नुहाउन दिशा गर्न खहरेतिर जादाँ पनि रेडियो बोकेर घन्काउँदै जान्थ्यौ र खम्बा वा चोकेमा सबैका बीचमा पर्ने गरी झण्डाएर सिमाली घारीभित्र पस्तथ्यौं ।
लगभग डेड महिनाको हड्तालपछि हामीले फेरि स्कुलमा प्रवेश गर्यौ । त्यसको लगत्तै हेडसरले सबै विद्यार्थीलाई जम्मा गरेर यस प्रकारका हावामा नलाग्न सुझाव र अप्रत्यक्ष रूपमा चेतावनी पनि दिनुभयो । हेडसरभन्दा नै धकाएर पर भाग्ने हामी विद्यार्थीका लागि उहाँले त्यति भन्नु एक प्रकारको विष्फोटनभन्दा कम भएन । २०२२ सालको हड्तालमा विद्यार्थीले अफिस घेरेको र सरहरूले भित्रबाट बन्द गरेर सुरक्षित हुन खोज्दा पनि हड्ताली समूहले ढोका फोड्न खोजेको घटनामा हेडसर बाहिर निस्केर सट खोल्दै ल मलाई मार भन्दा सबै नतमस्तक भएर पर सरेको घटना पनि विद्यार्थीबीच अक्सर चर्चा हुने विषय बन्दथ्यो हामीबीचमा । त्यसैले हेडसरसँगको इक्वेशन भनेको अनुसाशन र योग्यता हो भन्ने हाम्रो सामूहिक धारण थियो ।
डेढ महिनासम्म हड्ताल गरेर स्कुल जादाँ र सरहरूसँग भेट हुँदा एक प्रकारको धक लागिरहृयो । अझ राजेन्द्र सरले के छ नेताजी ? भन्दा कतै गल्ती त गरिन भन्ने सं्कोचले कयौं दिनसम्म सरको छेउ पर्दा झस्कने गर्थे । एकदिन राजेन्द्र सरसँग पान दोकानबाट उहाँ पान खाएर निस्कँदै गर्दा बाटामा जम्का भेट भयो । मैले सदाझैँ परैबाट सरलाई नमस्कार गरेँ । सरले हातको इशाराले मलाई नजिकै बोलाउनुभयो, म अलिक संककोच मान्दै सरको छेउमा पुगेँ । सरले मलाई स्नेहसाथ ‘तिमी जस्तो राम्रो विद्यार्थीले पढ्न छोडेर यसरी कुद्नु हुँदैन । यसो ग¥यौ भने फष्ट डिभिजनमा कसरी पास गर्न सक्छौ ? आइन्दा पढ्नेभन्दा अरूतिर ध्यान दिने काम नगर्नु’ भनेर धाप मार्नुभयो । मजाले गाली खाइने आशंकाले डराउँदै सरको समीप पुगेको बेला सरले एकाएक धाप मार्दा म छक्क परेँ र बेलुनझैँ भएँ । त्यसपछि किताबमै लटपटिन थालेँ ।
नौ कक्षाको फाइनल परीक्षा दिँदै गर्दा संस्कृत विषयको दिन मेरो चुरीफुरी अलिक बढी नै थियो । मैले डेड घण्टाको उत्तर पुस्तिका तीस मिनट जतिमा लेखिसकेर दायाँबायाँका साथीहरूले सोधेको बताउन थालेँ । मैले लेखिसकेको कपी फिजारेर राखिदिएकाले साथीहरू मेरोकपीबाट उतारिरहेका रहेका थिए । यो सबै कुरा गार्ड बस्नु भएका सुशील खनाल सरले हेरिरहनुभएको रहेछ । मलाई दुई-तीनपटक कफी नफिजा भनेर चेतावनी दिनुभयो । म उहाँले भनुन्जेल कपी समेटेर फेरि रुजु गरेको बहाना गर्दै फिजार्ने कर्म दोहोराउँदै थिएँ । यत्तिकैमा पछाडिको साथीले एकछिन् है भनेर मेरो कपी फुत्त तानेको मात्र के थियो ? सरले देख्नु भएछ । सर आएर साथीसँग मेरो त्यो कपी माग्नुभयो र कपीको टाउकोमा रातो सर्किल बनाएर ठूलो अक्षरमा माइनस बाईस लेखेर सही गर्नुभयो । तुरुन्त साथीको कपी पनि माग्नुभयो र उसको कपीमा दश नम्बर माइनस गर्नुभयो । म किंकर्तव्य विमूढ भएर सरलाई हिटलरसँग दाज्दै उहाँको मुखमा हेर्दै थिएँ । उहाँले सायद मेरो उग्रताको अन्दाज गरेर ‘लेखी सकिस् ?” भन्नुभयो । मैले टाउकाको संकेतले सकेँ भनेर जनाएँ । त्यसपछि मेरो कपी लिएर मलाई बाहिर जाने आदेश दिनुभयो । म रातो पीरो हुँदै कतै संस्कृतमा फेल त हुन्न ? सोच्दै बाहिर निस्किएँ । म सँगसँगै मेरो जोडी साथी पनि निस्कियो । रिजल्ट भएपछि मार्कसिट हात पर्नासाथ सबैभन्दा पहिले संस्कृतको नम्बर हेरेँ पास भइएछ तर पछि थाहा पाएँ त्यसको असर रोल नम्बरमा परेछ भने साथी संस्कृतमा विषय लागेर कक्षा चढेछ ।
कक्षा दशमा पुगेपछि फेरि समीकरण फेरियो । दीप कार्की युवराज श्रेष्ठहरूसँग बढी आबद्ध भएपछि दीप र मेरो कम्माइन स्टडी पनि रोकियो । आपसी भेटघाटको क्रम भंग भयो । कक्षा नौ पढ्दा पढ्दै साथी किरण कार्की र सरोज धिताल पनि गायब भइसकेका थिए । दश कक्षाको नयाँ समीकरणमा हामी खगेन्द्र सिक्तेल, मोहन दंगाल, रमेश चन्द्र पौडेल, नरेश वर्मा म र पछि दश कक्षामा समावेश भएका केशव श्रेष्ठको एक टिम बन्यो । केवल फष्ट डिभिजनको सपना, कल्पनामा र जपनामा रम्ने हाम्रो टिममा पनि कसले बढी अंक ल्याएर पास गर्ने भन्ने प्रतियोगिता त छँदै थियो । चारतिर छरिएर हामी आ-आफ्नो तरिकाले पढे पनि सबैको अर्जुनदृष्टि भने एकै थियो फष्ट डिभिजन । म र रमेश गर्मीको छुट्टीमा रेवती सरसँग अंग्रेजी ट्युसन पढ्न जान थाल्यौ भने अरू साथीहरू पनि आ-आफ्नै तरिकाले पढ्थाले । रेवती सरसँग ट्युसन पढ्न जाँदा हाम्रो लागि सबैभन्दा ठूलो समस्या जागेश्वरले देख्नुहुन्छ कि भन्ने थियो । हामीले सुनेअनुसार आफूसँग नपढेर पल्लो क्वाटरमा पढ्न गएको उहाँले रुचाउनु हुन्न र जम्काभेट भयो भने गधेका टमटम भनेर मेरोमा किन पढ्न आइनस् सम्म भन्नुहुन्छ भन्ने आमभनाइको पछि हामी पनि सतर्क थियौँ ।
लगभग डेड महिनाको हड्तालपछि हामीले फेरि स्कुलमा प्रवेश गर्यौ । त्यसको लगत्तै हेडसरले सबै विद्यार्थीलाई जम्मा गरेर यस प्रकारका हावामा नलाग्न सुझाव र अप्रत्यक्ष रूपमा चेतावनी पनि दिनुभयो । हेडसरभन्दा नै धकाएर पर भाग्ने हामी विद्यार्थीका लागि उहाँले त्यति भन्नु एक प्रकारको विष्फोटनभन्दा कम भएन ।
गीता भवनमा एकजना बाबा आएर केही महिना बस्नु हुन्थ्यो र प्रायः हरेक साल एस.एल.सी.जाँच दिने विद्यार्थीलाई हिसाब निःशुल्क पढाउने गर्नुहुन्थ्यो । धरानका प्रायः सबै राम्रा विद्यार्थी उहाँका चेला थिए । साथी खगेन्द्र र मोहन पनि बाबासँग पढ्न जान थालेपछि म पनि केही दिन गएँ । हुन त श्यामाले पनि भेट भएको बेला बाबासँग पढ्न जाने सल्लाह दिन्थिन् तर म सधैं अनकनाउथेँ । तथापि पछि खगेन्द्र मोहनको संगतले म गएँ । हामी पढ्न थालेको केही दिनपछि बाबाकोमा भिड बढ्यो । मैले त्यहाँ पढ्न जान बन्द गरेँ र फेरि मदन-मोहन सरसँग हिसाब र जोमेट्री पढ्न गएँ वर्ष दिनपछि पढ्न आएकोमा सरले खुशी हुँदै पढाउनुभयो । मैले दुई महिनामा नै कोर्स पूरा गरेँ र सरबाट बिदा भएँ ।
पढाइमा व्यवधान हुन्छ भन्ने डरले २५ सालको दशैँमा परिवारका सबै सदस्यहरू चक्रघट्टीमा जम्मा भएर दशैँ मनाए पनि म नवमीको दिन बेलुका गएर बिहानै फर्किए । बेलुका घर आइपुग्दा नरमाइलो लागिरहेको थियो तर सल्लाह बमोजिम रमेश पनि टुप्लुक्क आई पुगेकाले माहौलमा परिवर्तन भयो । रमेश र म अलग अलग विताएका दुई दिनका अनुभव सुनाउन थाल्यौ । यही बेला कान्छादाइबाट भात बसाउन बोलाएपछि हामी चुलोतिर लाग्यौ । कान्छा दाइ थरले लिम्बु भए पनि सानैदेखि बाहुनका घरमा हुर्किएकाले कर्मले बाहुन थिए । उनी माछा-मासु खानु त के छुनसम्म छुँदैन थे । उनी केही वर्ष आसामका गोठमा बिताएर विगत दश वर्षदेखि हाम्रा परिवारका सदश्य भइसकेका हुनाले हामीलाई हुर्काउने काममा उनको पनि योगदान थियो । उनको घरमा हाम्रा अभिभावका रूपमा मर्यादा थियो । हाम्रो व्रतबन्ध गरिसकेकाले पाउना आएको बेला हामी गम्चा फेरेर दाल र भात आफैं पकाउथ्यौ भने तरकारी अचारका परिकार कान्छा दाइ अगेनोमा पकाएर तयार पार्दथेँ । त्यस दिन पनि तरकारी अचार पकाएर उनले हामीलाई बोलाएका थिए तर हामीले पाइजामा लगाएर नै भात बसायौ । यो कुरामा कान्छा दाइ एकछिन् कराए । रमेश र म मुखामुख गरेर हास्यौमात्र एकशब्द बोलेनौ ।
दशैँ सकिनासाथ स्कुलको बि.एस.सी.सरकोमा ग्रुप बनाएर हामी केशव श्रेष्ठ, खगेन्द्र सिग्देल, मोहन दंगाल रमेश पौडेल नरेश वर्मा र म हिसाब पढ्न जान थाल्यौ । हाम्रो ट्युसनको समय थियो बिहानको साढेचार बजे । हामी बिहानै उठेर सरकोमा पुग्ने गर्दथ्यौ । हामी पुगेपछि सर उठेर बलेको लाल्टिन हातमा लिएर आउनु हुन्थ्यो र बीचमा राखेर हामीलाई प्रायः एस.एल.सीका दश-बाह्र वर्षयताका प्रश्नपत्रमध्येबाट केही प्रश्न र अन्य कोर्स बुकबाट हिसाब गर्न दिएर फेरि सुत्न जानु हुन्थ्यो । हामी परीक्षा भवनमा बसेझैँ एकअर्कासँग नबोली सरले दिएका प्रश्नलाई होमटाक्सका रूपमा गर्दथ्यौ । हामी सबै म जान्दछु भने अहंभावले भरिएका थियौ । हो वास्तवमा हामी हाम्रो लेभलका एकसय एक थियौ भन्ने सोच्दथ्यौ । सर उठेर छ बजेतिर आउनु हुन्थ्यो र एकएक गरेर हाम्रा कपी लिनु हुन्थ्यो । एकछिन् हामीलाई हिजो हामीले बुझाएका पाठको बारेमा सम्झाउनु हुन्थ्यो र अन्त्यमा प्रायः सधै सबैको राम्रो छ परीक्षासम्म यही जागर राख्नुपर्छ भन्न भने छोड्नु हुन्नथ्यो । त्यसपछि हिजोका कपी दिएर हामीलाई भोलिसम्मका लागि बिदा दिनु हुन्थ्यो । हामी बाहिर आएर आआफ्नो कपी जाच्ने काम गर्दथ्यौ र सरले सबै करेक्ट गरेकोमा आफैं दंग पर्दथ्यौ ।
एस.एल.सी परीक्षा आउन करिब चालीस पैतालीस दिन बाँकी थियो होला । रमेश र म छाता चौक नजिक तरकारी किन्दै थियौ । त्यहाँ एकजना साथी भेट भयो । हामी तरकारी किन्दै ऊसँग कुरा गर्न थाल्यौ । कुरा गर्दै जाँदा साथीले तिमीहरूको के कुरामा मोहन खगेन्द्रसँग झगडा भयो ? भन्यो । उसको प्रश्नले हामी छक्क प¥यौ । रमेशले हत्तपत्त कहाँ झगडा हुनु ? बिहानभरि सँगै ट्युसन पढेर छुट्टिएको भनेर प्रतिपाद गर्न खोज्यो । तर, उसले पत्याएन र त्यसो भए किन जाँचमा खेम, रमेश र केशवले केही सोधे भने उत्तर नभन्ने भनेर सल्लाह गरे त भन्यो । मैले तुरुन्त तैले कसरी थाहा पाइस् ? भनेँ । उसले हिजो उनीहरू मेराअगाडि यस्तै कुरा गर्दै गए म पछिपछि सुन्दै गएँ भन्यो । उसका कुरामा छक्क पर्दै हामीले मुखामुख गर्यौ र खै थाहा भएन भन्यौ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच