
म ओत हुँ । मलाई अङ्ग्रेजीमा Otter भनिन्छ । मेरो वैज्ञानिक नामLutra Lutra हो । म एउटा सानो र मुसा वर्गको प्राणी हुँ । मेरो शारीरिक आकारप्रकार लिङसाङकै जस्तो हुन्छ । म चारखुट्टे प्राणी हुँ । मेरो शरीर खैरो रङको हुन्छ । लाम्चो शरीर, न्याउरी मुसाको जस्तो थुतुनो र लामो चुच्चो परेको पुच्छर मेरा विशेषता हुन् । मेरा खुट्टामा चमेराको जस्तो झिल्ली हुन्छ । यसले गर्दा मलाई हिँड्न, उफ्रिन र केही कुरा समाउन सजिलो हुन्छ ।
मेरो शरीरको तौल दस किलोग्रामसम्म हुन्छ । मेरो शरीरको लम्बाइ पुच्छरसमेत ७५ सेन्टिमिटर हुन्छ भने उचाइ ३५ देखि ४० सेन्टिमिटरसम्मको हुन्छ । म उच्च हिमाली क्षेत्रहरूमा हिमनदी वरिपरि तथा खोलाका छेउछाउ बस्ने गर्छु तर म ठाउँ फेर्ने प्राणी हुँ । गर्मीमा चिसोमा र जाडोमा गर्मी ठाउँ, खोँच तथा बेंसीहरूमा झर्ने गर्छु ।
म अफ्रिका युरोप र एसियाका विभिन्न ठाउँमा पाइन्छु । नेपालमा मेरो बारेमा राम्ररी अध्ययन भएको छैन । उच्चहिमनदीका आसपासमा हामी थोरै संख्यामा बस्ने गरेका छौं । म लोपोन्मुख प्राणी हुँ । मलाई संवेदनशील प्राणीका रूपमा सूचीकृत गरिएको छ । साइटिस सन्धिले पनि मलाई लोपोन्मुख प्राणी मानेको छ ।
मेरो बासस्थान विनाशका कारणले मलाई बाँच्न कठिन भइरहेको छ भने मानिसले मलाई लुकिछिपी मार्ने पनि गर्छन् । मलाई पाल्न र मेरो मुलायम छालाका लागि मलाई समाउने र मार्ने गरिन्छ । यस कारणले गर्दा म संकटमा परेको छु । मेरो सङ्ख्या दिनप्रतिदिन घटिरहेको छ र म लोप हुने अवस्थामा पुगेको छु । मेरो संरक्षण गरी मलाई लोप हुन नदिनु मानिसको कर्तव्य हो । यसका लागि सरकारले कडा कानुन बनाउनुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच