
सरकार अभिभावक हो । जनताको हितचिन्तक पनि हो । विकासको आधार हो । देशमा आइपर्ने संकटको तारनहार हो । देशलाई गति दिने आधारको पहिचान पनि हो । संसारमा देश र जनतालाई चिनाउने पर्याय पनि हो । यही अभिभावकसित जनताका आशाभरोसा, विश्वास सबै हुन्छन् । त्यसैले यसलाई सरकार भनिन्छ । जनताको मात्र होइन देश र आफ्नो पहिचान बनाउने आधार जनताले सरकारलाई दिएका हुन्छन् । यसो नभएको भए मानिस आफैं र आफ्नो पहिचान लिएर बाँच्ने थियो । त्यसो हुँदैन । सरकारका माध्यमबाट नै कुनै पनि देशका नागरिक संसारमा चिनिने गरेका हुन्छन् । सरकारलाई अभिभावक मान्नु नै देश र जनताको पहिचान हो । यो पहिचान संसारका विकसित, अल्पविकसित र विकासोन्मुख मुलुकका लागि उत्ति नै लागू हुने गरेको हुन्छ । सरकारका माध्यमबाट नै नागरिकले आफूलाई भाग्यमानी ठानेका हुन्छन् ।
विश्वका विकसित मुलुकका नागरिकले आफूलाई त्यही माध्यमाबाट चिन्ने गरेका हुन्छन् । तानाशाही मुलुकबाहेक प्रजातान्त्रिक व्यवस्था भएका मुलुकमा नागरिकको पहिचान शासकका माध्यमबाट हुने गरेको देखिन्छ । यही पहिचान खोज्नका लागि नेपालीले गणतन्त्रको वकालत गरेका हुन् । शासकले देशका बारेमा नसोचेर आफू आफ्ना र आफन्तका बारेमा सोच्नका लागि गणतन्त्र आएको होइन । यदि यस्तै हो भने यो गणतन्त्रले पनि देशलाई उँभो लाउन सकेन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यस्तो नहोस् भन्ने चाहना आजका नेपाली नागरिकको रहेको देखिन्छ । नेपाली जनता सरकारलाई अभिभावकका रूपमा देख्न चाहन्छन् जसमा आफ्नोपन र आफन्तपन भरिएको होस् । नेपालमा त्यसो हुन नसक्नुको कारण नेपाली जनता होइनन् हेक्का रहोस् ।
अनुदार किन ?
नेपालको राजनीतिमा केही मानिस चर्चित हुन आए । नेपाली राजनीतिमा पुराना पार्टी जो नेपालका हरेक आन्दोलनका सहयात्री बने र देशको तानाशाही प्रवृत्तिलाई समाप्त पार्न सक्रिय भए । ती राजनीतिक दलका नेताहरूले गरेको अभद्र राजनीतिलाई समाप्त पार्नु उनीहरूको उद्देश्य देखिएको थियो । त्यसमा केही हदसम्म सफल पनि भए । पुराना दलको एकछत्र सम्राज्यलाई मताधिकारका माध्यमबाट नै तोडिदिए । नेपाली राजनीतिमा पुराना भनेर कहलिएका आफू र आफ्नो पार्टीको वर्चस्व स्वीकार गरेका पार्टीलाई पनि अचम्भित पार्ने गरी मत ल्याए ।
यो उनीहरूका लागि नौलो पाइलो थियो नेपाली राजनीतिमा तर त्यो खुशी धेरै दिन टिक्न सकेन । त्यस पार्टीका मुखिया नै आर्थिक अपचलनको मुद्दामा जेलमा छन् । उनी अहिले जेलबाट नै आफ्नो पार्टी चलाइरहेका छन् । उनको छवि सञ्चारमाध्यममा काम गर्दा स्वच्छ थियो होला ? राजनीतिमा उनी बिटुलिए नराम्रो तरिकाले । आगत नेपालको कानुनले के गर्ने हो भविष्यको गर्तमा छ । के हुने हो उनी र उनको पार्टीको उनै जानून् ।
नेपालको राजनीतिमा केही मानिस चर्चित हुन आए । नेपाली राजनीतिमा पुराना पार्टी जो नेपालका हरेक आन्दोलनका सहयात्री बने र देशको तानाशाही प्रवृत्तिलाई समाप्त पार्न सक्रिय भए । ती राजनीतिक दलका नेताहरूले गरेको अभद्र राजनीतिलाई समाप्त पार्नु उनीहरूको उद्देश्य देखिएको थियो ।
नेपालमा पत्रकारिताबाट नाम कमाएका अर्का व्यक्ति हुन् रविन्द्र मिश्र । उनी गत चैत १५ गते भएको राजवादी आन्दोलनमा अराजक गतिविधि गरेका कारण थुनामा रहेका छन् । उनी मीठो बोल्छन् । प्रमाणसहित पेश हुन्छन् । सञ्चारमाध्यममा धेरै वर्ष काम गरेका कारण उनको व्यक्तित्वको पहिचान भिन्न किसिमको छ । चुनाव नजिते पनि उनको व्यक्तित्वले नेपाली राजनीतिमा नयाँ पहिचान बनाएको छ । उनी चुनाव हार्छन् । गणतन्त्रलाई शासनको उच्च व्यवस्था मान्ने उनी राजतन्त्र आगमनको प्रतीक्षामा रहे । नेपालको संविधान अनुसार प्रायः सम्भव देखिँदैन ।
उनले सम्भावना देखे र राजतन्त्रको आगमनका लागि दह्रो बनेर उभिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । उनीभन्दा माथि अध्यक्ष पनि छन् तर रविन्द्र मिश्र थुनामा छन् । कारण उनी नै चैत १५ गते भएको मानवीय र भौतिक क्षतिका जिम्मेवार हुन् । यही भनेको छ राज्यले । म्याद थपेर उनलाई थुनामा राखिएको छ । उनी बोले । सरकारले गरेका नराम्रा कामका विरुद्ध आफूलाई अग्रमोर्चामा उभ्याए । त्यही परिणाम स्वरूप अहिले उनी थुनामा छन् । उनलाई थुन्नुको कारण देखाउन अदालतले राज्यसित माग गरेको छ ।
यसरी व्यक्तिप्रति नै अनुदार बन्ने परम्पराको अन्त्य हुनु आवश्यक छ । रविन्द्र मिश्रले भाषण गर्दैमा गणतन्त्र आार्यघाटमा पुग्दैन होला । उनी बोल्दैमा ठूला राजनीतिक दलका नेतालाई जेल हुँदैन होला ? उनीप्रति सरकार किन यति अनुदार ? यस प्रश्नको उत्तर सरकारसित पनि छैन । संयमित भएर बोल्ने र आफूलाई कहिल्यै पनि अभद्र व्यक्तिका रूपमा प्रस्तुत नगर्ने उनको पहिचान समाप्त पार्ने उद्देश्य हो र सरकार ? यो प्रश्नको जवाफ खोजिनु अनिवार्य छ । संविधानले बोल्ने, लेख्ने अधिकारलाई मौलिक हकका रूपमा मानेको छ तर एउटा व्यक्तिप्रति यति अनुदार हुनुलाई गणतन्त्रको कमजोरी मान्न मिल्छ कि मिल्दैन सरकारले बुझोस् । राज्यले देखाएको यो अनुदार प्रवृत्तिको उत्तर जनताले खोजेका छन् । यो अनुदार चरित्रले सरकारप्रति नै प्रश्न उठेको छ ।
आफ्नो कमजोरी नढाक
देशको आर्थिक, मौद्रिक नीति ल्याउने आधार राष्ट्र बैंक हो । त्यसको मुखिया खाली भएको दुई महिना भइसक्यो । पत्रपत्रिकाले दिनदिनै भिन्नभिन्न व्यक्तिको नाम सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा आर्थिक चलखेल भएको चर्चा बाहिरिएको छ । सत्य के हो नेपाली जनतालाई थाहा छैन । गभर्नर नियुक्त हुनसकेको छैन । देशको सबैभन्दा ठूलो विश्वविद्यालयका उपकुलपतिले राजीनामा दिए । त्यसको नियुक्तिका बारेमा सरकार मौन छ । आफ्ना कमजोरीलाई ढाकछोप गर्ने प्रवृत्तिले देश र जनतामा निराशा छाएको छ । जनताको मतबाट चुनिएर आएका दुई ठूला दल सरकारमा छन् । सरकारले आफूलाई दिगो विकास गर्ने सरकार यही हो भनेर कुर्लिरहेको छ । दुई महिनासम्म गभर्नर नियुक्त गर्न नसक्नु सरकारको कमजोरी होइन र ? यो कमजोरी के नेपाली जनताको हो र ?
निरीह लाचार बनेर बसेका सरकारका मन्त्री देश विकासको गुणगान गाउँदा थाक्दैनन् । उनीहरूको पहिचान नै गाला बजाउनु हो । देशको आर्थिक नीतिलाई तर्जुमा गर्ने व्यक्ति नियुक्त गर्न नसक्नु पक्कै पनि कमजोरी हो । यो लुकाउन नखोज । देशको भविष्य तिम्रा हातमा छ । यस पटक मात्र होइन चुनाव अर्को पटक पनि हुनेछ । देशको काँचुली फेर्न नसक्ने हो भने बाहिर बस तिमीहरू । देश युवाविहीन भइसक्यो । राजनीतक दलका कार्यकर्ता र तिनका आसेपासेबाहेक नेपालमा बस्न चाहने युवा साह्रै कम भइसके । शिक्षा, अर्थ, संस्कार, परम्परा, संस्कृति, धर्म आदिमा धावा नबोल ।
नेपालमा बसेर केही गर्न सकिँदैन भनेर विदेशी भूमिमा जाने तयारीमा युवाहरू आफ्ना अभिभावकसित छलफल गरिरहेका छन् । अभिभावक पनि देशको राजनीति र देशका नेताको चाला देखेर यो देश हाम्रा लागि होइन भन्न बाध्य छन् । यो कमजोरी नेपाली जनताको हो र ?
देशका गरिब र देशका युवालाई बाटो देखाऊ । अबका युवा तिम्रो बसमा छैनन् । तिनका सोच विशाल छन् । तिनीहरू संसारका सबै सुखलाई एकै ठाउँमा हेर्न चाहन्छन् । आजका युवाले विकसित मुलुकसित आफ्नो देशको तुलना गरिरहेका छन् । विकसित मुलुकका राष्ट्र तथा सरकार प्रमुखसित आफ्नो देशका नेतालाई दाँजिरहेका छन् । नेपालमा बसेर केही गर्न सकिँदैन भनेर विदेशी भूमिमा जाने तयारीमा आफ्ना अभिभावकसित छलफल गरिरहेका छन् । अभिभावक पनि देशको राजनीति र देशका नेताको चाला देखेर यो देश हाम्रा लागि होइन भन्न बाध्य छन् । यो कमजोरी नेपाली जनताको हो र ?
गणतन्त्रका लागि जीवन अर्पिने शहीदको हो र ? देशमा नै गरिखान्छु भन्ने नेपालीको हो र ? सोच, विचार गर । हामी र हाम्रो देशको अभिभावक किन देशलाई यस्तो प्रश्नको कठघरामा उभ्याए भनेर आजका युवा सोच्न बाध्य छन् । उनीहरू गणतन्त्रपछि जन्मेका हुन् । तिनले आजको सामाजिक सञ्जालमार्फत विदेशी नेताले देशका लागि गरेको योगदान हेरेका छन्, बुझेका छन् तर बुझेका छैनन् नेपालको फोहोरी राजनीतिको अवस्था ।
युवालाई देशका कर्णधार हामीले मानेका छौं । दुई नेपाली चेलीले मृत्यु वरण गरेको भारतको उडिसा राज्यको किटमा मात्र अध्ययनका लागि तेह्र सय नेपाली पुगेको तथ्यांक बाहिर आएको छ । यो अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीको तथ्यांक मात्र होइन तिनले खर्च गर्ने रुपैयाँ अर्बौंमा रहेको छ । एउटा विद्यार्थीले उन्नाईस लाखसम्म खर्च गर्ने गरेको कुरा समाचारबाट जानकारीमा आएको छ । हामीले हाम्रो देशलाई नै शैक्षिक क्षेत्रका लागि किन विकास गर्न सकेका छैनौं । आजको विद्यार्थी १२ कक्षा पास गरेपछि नै विदेशी विश्वविद्यालयको खोजमा किन लागेको छ ।
यसको हेक्का सरकारलाई हुनुपर्ने होइन ? आफ्नो देशका विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न दलीय भागबण्डा गर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छैन र ? बिनाकारण दबाब दिएर, विद्यार्थी उचालेर तालाबन्दीको मार झेलिरहेका विश्वविद्यालयका कारण विश्वविद्यालयका पदाधिकारी लाचार बनेका छन् । नियुक्त गर्नुमात्र जिम्मेवारी होइन । नियुक्त गरेका व्यक्तिलाई आफ्नो विचार र सोचबाट विश्वविद्यालय चलाउन किन दिँदैनौं हामी । यसको पनि उत्तर सरकारसित छ ? विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीसित छैन । दुईतिहाइको सरकार आज जनताको कठघरामा उभिएको छ । प्रश्नैप्रश्न सोध्न बाध्य छन् आजका नेपाली नागरिक । यही अवस्थामा कसरी गणतन्त्र र त्यसको जग बलियो होला खोइ बुझ्नै कठिन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच