
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरु संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो अरोप लगाउनुभएको हो । उहाँले संसद ढाँट्ने थलो रहेको महशुस भएको बताउनु भयो । उहाँले संसद आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद जत्तिको निरस ठाउँ अरु नरहेको बताउनु भयो ।
उहाँले बोल्ने तर बोलेका कुराहरु नसुन्ने ठाउँ संसद रहेको भन्दै सरकारले जनतालाई सांसदहरुमार्फत ढाँट्ने गरेको बताउनु भयो । मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको बताउनु भयो ।
सांसद कार्कीले भन्नुभयो, ‘संसद ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरु सुनिँदो रहेनछ । यहाँ कुर्सीहरु खालि हुँदा रहेछन् । सरकारले जहिले पनि जनतालाई सांसदहरुको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ । तर मन्त्रीहरु यहाँ आउनुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ ।’
सांसद कार्कीले सरकार निरंकुश भइरहेको बताउनु भयो । संविधानको धारा २७० निलम्वित भएको हो ? भन्दै प्रश्न गर्नुभयो । सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गर्नुभयो । संसदीय व्यवस्थालाई पुनःविचार गर्नुपर्ने समय आएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच