
गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसुति, पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था तथा पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ।
गाउँपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले यस गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसुति, पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था तथा पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा गर्नुभएको हो।
त्यसअवसरमा उहाँले गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गौरव गर्ने कार्य गरेको भन्दै सो कार्यको अन्य जिल्लाहरुमा उदाहरण दिने गरेको बताउनुभयो। ‘पूर्वाधारको विकासले मात्रै पूर्ण विकास हुन सक्दैन।’ समन्वय प्रमुख खत्रीले भन्नुभयो, ‘शिक्षा, स्वास्थ र पोषणमा राम्रो गर्न सकिएन भने मानव विकास हुन सक्दैन।’ स्थानीय तहहरुले मानव विकास र सामाजिक विकासको क्षेत्रमा काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। यसलाई दिगोपन दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले सुरुदेखि नै पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको सन्दर्भमा विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो। घोषणा मात्रै गरेर नहुने भन्दै यसलाई दिगोपना दिनका लागि सबैको सहयोगमा निरन्तरता दिने उल्लेख गर्नुभयो।
उहाँले गाउँपालिका अर्न्तगतका सबै वडाहरु साविकका सबै गाविसहरु २०७१ सालदेखि नै पूर्ण खोप घोषित भई हरेक वर्ष सुनिश्चित हुँदै आएकोमा गाउँपालिकाको स्थापनाकाल देखि नै उक्त कार्यक्रमको दिगोपनामा जोड दिई पालिकालाई पूर्णखोप पालिका सुनिश्चित गर्दै हरेक वर्ष प्रमाणिकरण गरिँदै आएको बताउनुभयो।
पूर्ण खोप सुनिश्चतता र दिगोपनाको कारण खोपबाट बच्न सकिने सबै रोगहरु नियन्त्रण भएका छन्। आफुहरुको अथक प्रयासपछि २०८० जेठ ६ गते गुल्मीदरबार गाउँपालिकालाई नेपालकै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको समेत स्मरण गराउनुभयो।
गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले गाउँपालिकामा हुने सबै गर्भवतीहरुलाई स्वास्थ्य संस्थामै प्रसुती गराउने अभियान अर्न्तगत ‘कस्तो छ आमा कार्यक्रम, मेरी आमा स्वस्थ आमा कार्यक्रम र निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो।
विगत पाँच वर्षदेखि यस गाउँपालिका अन्तर्गतका कुनै पनि महिलाहरु घरमा सुत्केरी नभएको उहाँले दाबी गर्नुभयो। उपाध्यक्ष कोशेली, बाबालाई चिठी, गर्भवती झण्डा लगायतका कार्यक्रम समावेश गरी प्रभावकारी रुपमा सञ्चालन भइरहेका समेत उहाँले बताउनुभयो। संघीय सरकारले तोके बोजिमका बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई गर्भवती उत्प्रेरणा स्वरुप यातयात खर्च, न्यायो झोला प्रसुती हुँदाकै बखतमा उपलब्ध गराउँदै आएको उपाध्यक्ष ढेंगाले बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले घोषणा तथा सुनिश्चितताको लागि पोषण कार्यक्रम, पूर्ण संस्थागत प्रसुती कार्यक्रमतर्फ र पूर्ण खोप घोषणा कार्यक्रम तर्फ गरिएका क्रियाकलापहरुका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो। गाउँपालिकालाई सो कार्यक्रमहरु घोषणाका लागि जिल्ला खोप समन्वय समितिको तर्फबाट आवश्यक अनुगमन भई पालिकाले अनुमति प्राप्त गरेकाले तीन वटै कार्यक्रम घोषणा गर्दै दिगोपनाका लागि अगाडी बढेको समेत घिमिरेले बताउनुभयो।
यस गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा मापदण्ड, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड र राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सबै मापदण्डहरु पुरा गरेकाले गाउँपालिकालाई क्रमशः पूर्ण संस्थागत प्रसुति सेवायुक्त, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित र पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको जानकारी दिनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच