
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा सम्पन्न निशुल्क तीनदिने आँखा जाँच शिविरमा ९८ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
शिविरमा ८२ जनाको मोतिविन्दुको र १६ जनाको आँखाको सामान्य शल्यक्रिया गरिएको नेत्र ज्योति संघका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो ।
खोटेहाङ गाउँपालिका र नेत्र ज्योति संघ खोटाङको संयुक्त आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी खोटाङबजारमा जेठ १ गतेदेखि ३ गतेसम्म भएको शिविरमा शल्यक्रिया गरिएकामध्ये ९० जना बिरामीलाई कालो चश्मा र १९६ जना ज्येष्ठ नागरिकलाई पढ्न मिल्ने चश्मा वितरण गरिएको छ ।
शिविरमा ३८५ जनालाई निशुल्क आँखा सम्बन्धी रोगको औषधि वितरण गरिएको छ । शिविरमा ३३२ जना महिला र २७२ जना पुरुषसहित ६०४ जनाले आँखाको जाँच गराएका थिए ।
शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक डा.बिकी गुप्ताको नेतृत्वमा १३ जना चिकित्सक खटिनु भएको थियो। शिविरको गाउँपालिकाका अध्यक्ष उदीम बहादुर राई र उपाध्यक्ष रुपेश राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच