
काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आईतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताउनुभएको हो । उहाँले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताउनु भयो । उहाँले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिकनै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा शालिग्राम धेरै छ । जसलाई हिरा भन्छन् । तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ । र शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिन्छ । जहाँ चीनले शालिग्रामबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी सित्तैमा दिन्छौं । २०७९ माघ ११ गते सरकारले कालीगण्डकी नदीको शालिग्राम भारतलाई दियो । सो शालिग्राम कांग्रेस माओवादी नेतृत्वको सरकारले सित्तैमा दिएको हो ।’
बैठकमा नेकपा ९माओवादी केन्द्र० का सांसद झक्कुप्रसाद सुवेदीले अहिलेको पुँजीले गर्नसक्ने जतिमात्र काम गर्नुपर्नेमा जोड दिनुभयो । यदि देश विकास नै गर्ने हो भने औद्योगिकीकरण गर्ने भनेको क्षेत्र कृषिमात्रै भएको दाबी गर्नुभयो । तर बजेट र योजना फरक भएको भन्दै कृषिमा बजेट दिनुको साटो किसानलाई बजेट दिँदा फरक हुने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘विवरण कमजोर छ । यसले देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ । साँच्चै भन्ने हो भने यो देश विकास गर्नलाई औद्योगिकरण गर्ने कृषिलाई नै हो । तर कृषिमा पनि हामी जाँदा बजेट त्यस्तै होला । तर बजेट र कागजमा फरक छ । कृषिमा बजेट दिने र किसानलाई बजेट दिने फरक हो । विदेशबाट आउने रेमिट्यान्स दाल, चामल र कपडामा सकिइरहेको छ । यसको अन्त्य गर्दै कसरी आत्मनिर्भर बन्ने भन्नेमा हाम्रो छलफल हुनुपर्छ । मन्त्रालयको पुँजीगत खर्च सुन्दा मलाई त चिन्ता लाग्यो ।’
उहाँले विदेशबाट भित्रने रेमिट्यान्सको सही सदुपयोग गरेर उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच