
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।
प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुर, बैंकिङ्ग कसुर लगायतमा अनुसन्धान भइरहको छ।
२०८२ चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको हो ।
यता सर्वोच्च अदालतले गत शुक्रबार तीनकुने घटनामा पक्राउ पर्नुभएको राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने हाजिर जमानीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच