
रसुवा । रसुवा प्रहरीले सात केजी बढी सुनसहित एक जनाालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाले उक्त सुन बरामद गरेको हो । बरामद सुनको तौल कार्य भइरहेको र परिमाणबारे विस्तृत विवरण खुलाइएको छैन । तर, सो सुन ७ केजी भन्दा बढी रहेको अनुमान गरिएको छ ।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिकाका किशोर भुजेल छन् ।
केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा सो सुन भेटिएको हो ।
उक्त गाडीका चालक भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनको मालिक भुजेल आफैं हुन् वा भरियामात्र हुन् भन्ने सम्बन्धमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच