
म्याग्दी । विश्वको सातौं अग्लो धौलागिरि हिमाल (८१६७ मिटर) आरोहणको ६५ वर्षमा ६सय ८० जना विभिन्न देशका आरोहीहरु धौलागिरि शिखरमा पुगेका छन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं ४ मुदीमा पर्ने यो हिमालको सन् १९६० मा पहिलो पटक अष्ट्रियन,स्वीस र नेपाली टोलीले संयुक्त रुपमा आरोहण गरेको थियो । कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले पहिलो पटक धौलागिरिको सफल आरोहण गरेका हुन् ।
धौलागिरि हिमाल आरोहणको प्रयास सन् १९४५ मा गरिएको भए पनि त्यो प्रयास सफल हुन सकेन । अर्जेन्टिनाको आरोहण दलले सन् १९४५ मा आरोहणको प्रयास गरेको थियो । उक्त टोलीका एक जना सदस्यको आरोहण क्रममा मृत्यु भएपछि आरोहण दल धौलागिरि चुचुरा नटेकी फर्किएको थियो ।
त्यसपछिका १४ वर्षमा पाँच वटा टोली आरोहणका लागि धौलागिरि आधारशिविरमा पुगेका भएपछि आराहण गर्न सकेका थिएनन् । त्यसपछि सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धौलागिरिको चुचुरोमा पुग्न सफल भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अभिलेख छ । आरोहणका क्रममा अहिलेसम्म ८७ जनाले ज्यान गुमाइसकेका छन् ।
हिमाल आरोहणको तथ्याङ्क भएपनि पदमार्गमा जाने पर्यटकको तथ्याङ्क राख्ने निकाय समेत अहिलेसम्म छैन् । लामो समयदेखि धौलागिरी क्षेत्रको पर्यटनका लागि सक्रिय धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले धौलागिरी हिमालका गतिविधि जिल्ला बाहिर सञ्चालन गर्ने कार्यले नै यहाँ काम गर्न समस्या भइरहेको बताउनुभयो । जिल्लाका सरोकारवाला निकायलाई चासो छैन, त्यहाँ गर्नुपर्ने उत्सव र छलफल अन्य जिल्लामा गर्नु म्याग्दीबासीको अपमान भएको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।
केही दिन अघि धौलागिरि हिमाल आरोहणको ६५ वर्ष पूरा भएको अवसरमा पोखरामा एक कार्यक्रमका बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरी आरोहण दिवस मनाइएको थियो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आयोजना गरेको उक्त कार्यक्रममा म्याग्दीबाट निर्वाचित संघीय, प्रदेशका सांसद तथा गाउँपालिकाका जनप्रतिनिधिलाई खवरै गरिएन ।। सम्वन्धित जिल्लाका सम्वन्धित जनप्रतिनिधि र सरोकारवालालाई खबरै नगरी पोखरामा कार्यक्रयम गरिएपछि म्याग्दीमा उक्त कार्यक्रमको आलोचना भएको छ । सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गर्दै धौलागिरि हिमाल म्याग्दी जिल्लाको पहिचान र गौरव भएकोले यस्तो कार्यक्रम म्याग्दीमा नै गरिनुपर्नेमा जोड दिएका छन् ।
पोखरामा आयोजना गरिएको कार्यक्रममा धौलागिरि हिमाल र यहाँसम्म पुग्ने पदमार्गका समस्याका बारेमा अनेक बहस भएपनि त्यहाँ तयार भएका पूर्वाधारका बारेमा छलफल हुन नसकेका धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
कार्यक्रमका बारेमा कुनै जानकारी नभएको अध्यक्ष पुनले बताउनुभयो । “यो हामीलाई गरिएको अपमान हो, हाम्रो गाउँपालिकाभित्र रहेको धौलागिरि हिमालको दिवस जिल्ला बाहिर मनाउनु नै गलत हो” अध्यक्ष पुनले भन्नुभयो ।
संघीय, प्रदेश र स्थानीय तहको प्रयासमा विगत ७ बर्ष यता तयार भएको पदमार्ग सहित अन्य पूर्वाधारका बारेका पोखरामा सम्पन्न कार्यक्रममा चर्चा नभएको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।
धौलागिरी पदयात्रामा जाने पर्यटकलाई सडक, पदमार्ग तथा त्यस क्षेत्रमा तयार भएका पूर्वाधारका बारेमा जानकारी गराउने अवसरबाट बन्चित गरिएको भन्दै यस विषयमा प्रदेश सरकारसमक्ष लिखित गुनासो गरिने अध्यक्ष पुनको भनाई छ । अध्यक्ष पुनले धौलागिरी हिमालको आरोहण दिवस अव गाउँपालिका बाहिर मनाउन नदिने गरी आगामी बर्षको निति तथा कार्यक्रममा नै समावेश गरिने बताउनुभयो ।
विश्वमा ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा रहेकाछन् । जसमा सातौं अग्लो धौलागिरी र १० औं अग्लो अन्नपूर्ण हिमाल म्याग्दीमा पर्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच