
म्याग्दी । कालीगण्डकी नदीको म्याग्दी क्षेत्रमा निर्माण भइरहेका जलविद्युत आयोजनाका कारण उत्तरी म्याग्दीका प्राकृतिक तातोपानीकुण्डहरु जोखिममा परेका छन् ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा तातोपानीका कुण्डहरु जलविद्युत आयोजनाका कारण जोखिममा परेका हुन् ।
१२ अर्ब ९३ करोड अनुमान गरिएको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको कारण तातोपानी कुण्डहरु संकटमा परेका भन्दै स्थानीयले जिल्ला समन्वय समिति म्याग्दीमा जानकारी गराएका छन् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य सहित आयोजनाको काम सुरु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको सुकेबगर,नारच्याङ र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरी चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । विद्युत्गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ ।
रन अफ द रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ ।
जलविद्युतको निर्माणकार्य सुरु भएपनि प्रभावित क्षेत्रका बासिन्दालाई आयोजना निर्माण पक्षले आयोजनाका कारण प्राकृतिक तातोपानी कुण्ड लगाएत अन्य कुनै पनि प्राकृतिक स्रोतहरुमा क्षति नहुने भनि विश्वस्त बनाउन नसकेको स्थानीय रणवहादुर पुनले बताउनुभयो । उहाँले पाउद्धारको तातोापनी कुण्ड, भुरुङ तातोपानी कुण्ड र रातोपानी कुण्ड तथा आसपासका बस्तीलाई कुनै असर नपर्ने बारेमा आयोजना पक्षले सार्वजनिक वहसको कार्यक्रम समेत नगरी काम सुरु गरेको बताउनुभयो ।
आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको प्रभावित क्षेत्रमा रहेका तातोपानी कुण्ड सुरुङ मार्ग सहित अन्य भौतिक संरचनाका कारण सुक्ने गुनासो स्थानीय जनप्रतिनिधिलाई समेत आउने गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो ।
अध्यक्ष पुनले आयोजनापक्षले कुण्डलाई कुनै असर नगर्ने बताएपनि थप बहस आवश्यकता रहेको जानकारी दिनुभयो । “स्थानीय प्राकृतिक सम्पदालाई जोगाएर जलविद्युत बनाउनुपर्छ भन्ने पक्षमा छन् । हामीले सम्बन्धित जलविद्युत कम्पनीलाई समेत यस विषयमा जानकारी गराएका छाैँ, आवश्यक परे सार्वजनिक बहस नै राख्छौ” अध्यक्ष पुनले भन्नुभयो ।
जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा रहेका तातोपानीका कुण्ड हिउँदको समयमा खोलाको सतह घट्दा पानी कुण्डमा पानी सुक्ने जोखिम बढेको भनि चिन्तित भएका हुन् ।
तातोपानी कुण्डको तल्लो क्षेत्रमा भौतिक निर्माण गर्दा पानीको सतह भासिने यसअगाडी समेत देखिएको अवस्थामा जलविद्युतले कुण्ड नै तहसनहस हुने भन्दै तत्काल स्थानीयसँगको छलफलको वातावरण बनाउनुपर्ने स्थानीइ जनप्रतिनिधिको माग रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच