
लण्डन । क्रिस्टल प्यालेसले एफए कप जित्न सफल भएको छ । शनिबार राती म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै प्यालेसले आफ्नो इतिहासमै पहिलोपटक एफए कप उपाधि उचालेको हो । सिटी भने यस सिजन खाली हात फर्किएको छ ।
वेम्बली स्टेडियममा भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । एजेले १६औँ मिनेटमा गोल गर्नुभएको थियो । यो गोलले नै प्यालेसलाई क्लब इतिहासको पहिलो ठूलो उपाधि दिलाएको हो । यो खेललाई सन् २०१३ मा विगनले सिटीलाई हराएको र १९८८ मा विम्बल्डनले लिभरपुललाई हराएको ऐतिहासिक जितसँग तुलनायोग्य मानिएको छ ।
सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहीन भयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच