
काठमाडौं । युएईमा व्यावसायिक फुटबल खेलिरहनुभएकी राष्ट्रिय महिला टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबीस्थित नेपाली समुदायको क्लब नखिल गुर्खा एफसीले नगदसहित सम्मान गरेको छ । रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखिल गुर्खा एफसीबीच शुक्रबार भएको मैत्रीपूर्ण खेलमा रेखालाई सम्मान गरिएको हो ।
पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहनुभएकी रेखालाई थप हौसला प्रदान गर्न सम्मान गरिएको क्लबले जनाएको छ । रेखा हाल युएई महिला लिग खेलिरहनुभएको छ । नखिल गुर्खा एफसीमा शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिसक्नुभएका तीर्थ रानामगर, शरण बस्नेत, निरकुमार राईलगायतका खेलाडीहरू आबद्ध छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच