
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले खेलाडीहरू अनुशासित र मर्यादित नागरिक भएको बताउनुभएको छ । ११औँ संस्करणको सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै पुनले अनुशासित नागरिक उत्पादनका लागि राज्यले खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण, अनिवार्य र जरुरी रहेको उहाँको भनाइ थियो । खेलाडी भविष्यका राष्ट्र निर्माता र अनुशासित नागरिक भएको उहाँले बताउनुभयो । पुनले नेपाल, भारत, बंगलादेश र कतारका खेलाडी सहभागी प्रतियोगिताले मित्र राष्ट्रहरूबीच भाइचारा सम्बन्ध थप विस्तार गर्न फलदायी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच