
काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर तीनको पहिलो खेलमा नेपालले आज (सोमबार) संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ । यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । आयोजक थाइल्याण्ड भने सुपर तीनको एक खेलअगावै ग्लोबल छनोटमा पुगेको छ ।
आइतबार भएको खेलमा थाइल्याण्डले युएईलाई ५४ रनले हराउँदै आफ्नो स्थान सुरक्षित गरेको हो । जितसँगै थाइल्याण्डले आठ अंक बनाएको छ । दुई खेल खेल्न बाँकी रहेको नेपालको पाँच र युएईको ६ अंक छ ।
थाइल्याण्ड समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै सुपर तीनमा पुगेको हो । युएई समूह ‘बी’ र नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा रहेको थियो । सुपर तीनका शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच