
एजेन्सी । इरानको सर्वोच्च अदालतले तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले शनिबार तातालुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिनुभएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसका प्रवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
सर्वोच्च अदालतले त्यो फैसला उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको हो । यी इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगाण्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो । उहाँले अहिले उक्त सजाय भुक्तानी गरिरहनुभएको छ । तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढीवादी राजनीतिज्ञहरूको सहयोग थियो ।
सन् २०१५ मा उहाँले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गर्नुभएको थियो । जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गर्नुभएको थियो । पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच