
काठमाडौं । चलचित्र ‘प्रतिवैरम’ निर्माण हुनेभएको छ । काठमाडौंमा एक कार्यक्रमबीच रोशन दासको निर्देशन रहने उक्त चलचित्रको औपचारिक घोषणा गरिएको हो । मधेस केन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोष्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । पोष्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।
मधेसबारे बन्ने चलचित्रमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने निर्देशक दासले बताउनुभयो । दासका अनुसार यो चलचित्र मधेस केन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित हुनेछ । चलचित्रलाई रेज इन्टरटेनमेन्टले आत्रेय प्रोडक्सन हाउस, किङ्स वाइटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निमार्ण गर्न लागेको हो ।
चलचित्रको कथा निर्देशक दास स्वयको छ भने पटकथा युवराज भट्टराईले लेख्नुभएको छ । नीरज कँडेलको छायांकन रहने यो चलचित्रका कलाकार भने केही समयमा सार्वजनिक गरिने दासले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच