
काठमाडौं । जीवनलाई संघर्षका रूपमा लिएर आफ्नो क्रियशनमार्फत सफलता प्राप्त गर्दै जानुभएको छ विजयकुमार जिम्बाले । खानिखोला गापा-३ हाल पनौती नगरपालिका-७ मा बुबा रामबहादुर जिम्बा र आमा सुनमाया लोप्चन जिम्बाको कोखबाट जन्मिनुभएका विजयकुमार फेशन डिजाइनको दुनियामा आफ्नो नाम राख्न सफल हुनुभएको छ ।
नेपाली फेशनलाई विश्वमाझ पुर्याउने अभिप्रयाले दिनरात यो क्षेत्रमा मिहिनेत गरिरहनुभएका उहाँ पछिल्लो समय नेपालीहरूमा फेशनसम्बन्धी चासो बढ्दै गएको बताउनुहुन्छ । फेशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न तल्लिन उहाँ कडा मिहिनेत, इमानदारीता र लगनशीलताले नै मानिसलाई सफलतातर्फ डोराउने बताउनुहुन्छ ।
यो क्षेत्रमा आउँदै गरेकालाई जानेर, बुझेर, अध्ययन गरेर र आफूमा केही नयाँ-नयाँ क्रियशन गर्नसक्ने क्षमता भएमा आउने सल्लाह दिनुहुन्छ । समय परिवर्तनशील छ आजका कुरा भोलि पुरानो भइरहेको हुन्छ । वर्तमान सँगसँगै हिँड्ने र भोलिका लागि तयार भएर यो क्षेत्रमा पाइला राख्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल प्राकृतिकसँगै सांस्कृति धरोहरको धनी देश रहेको बताउँदै उहाँले हामीले हाम्रा कला संस्कृतिलाई नुतन रूपमा विश्वसामु पुर्याउन सकेमा यसले देशको अथतन्त्रमा ठूलो टेवा दिने उहाँको सुझाव छ । नयाँ प्रस्तुतिमा मौलिक पस्किन सक्यो भने सुनमा सुगन्ध हुने उहाँ बताउनुहुन्छ । फेशनमा कलात्मकतासँगै मौलिकतामा आफूले जोड दिने गरेको उहाँ सुनाउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच