
काठमाडौं । विभिन्न छ कम्युनिस्ट पार्टी निकट किसान संगठन आबद्ध संयुक्त किसान संघर्ष समितिले भूमि बैंक खारेज नगरे तथा सरकारी उद्योगहरूको निजीकरण भएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा समितिले भूमि बैंक ग्रामीण क्षेत्रका किसानको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनी र स्वदेशी दलाल पुँजीपतिहरूलाई सुम्पने किसानविरोधी षड्यन्त्र भएको आरोप लगाएको छ । अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले सरकारले भूमि बैंक र उद्योगहरूको निजीकरण गरेमा कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो । भूमि नेपालीहरूको बाँच्ने आधारमात्र नभई संस्कृति र गौरवको विषय भएकाले भूमि बैंकविरुद्ध सबै मिलेर संघर्ष गर्नुपर्ने उहाँको भनाइ थियो । अखिल नेपाल किसान महासंघ (अन्फा) का इन्चार्ज बलराम बास्कोटाले वर्तमान एमाले–कांग्रेसको दुई तिहाइको गठबन्धन सरकार किसानविरोधी भएको दाबी गर्नुभयो भने अखिल नेपाल किसान महासंघ (अप्फा) अध्यक्ष भैरवराज रेग्मी किसानको गुम्न लागेको अधिकार रक्षाका लागि संसद्देखि सडकसम्म आन्दोलन चर्काउनुपर्ने बताउनुभयो ।
क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले ओली सरकारले देशका सबै स्रोत र साधन विदेशीलाई सुम्पन लागेकाले किसान संघर्ष जरुरी भएको जिकिर गर्नुभयो भने अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदीले किसानहरू देशका जीवनदायिनी शक्ति भएकाले उनीहरूको हकहित र अधिकारको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो । सांसद रणेन्द्र बराइलीले वर्तमान सरकारले भूमि बैंकमार्फत् किसानको जमिन दलालहरूलाई ९९ वर्षसम्मका लागि दिने र वनसमेत निजीकरण गरेर कमिसन पुँजीपतिलाई दिने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
सांसद मिना तामाङले संसद्मा कृषि र किसानको हितमा बोल्दा पनि सरकारले नसुनेको बताउनुभयो भने अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरीले ओली सरकारले मुखले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने तर व्यवहारले ‘गरिब नेपाल, दुःखी नेपाली’ बनाउन खोजेको आरोप लगाउनुभयो । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्काले भूमि बैंक नवउदारवादी नीतिअन्तर्गतको कार्यक्रम भएकाले किसानहरूको जमिन खोसेर दलाल पुँजीपतिलाई सुम्पने र किसानलाई आत्महत्या गर्न बाध्य पार्ने दाबी गर्नुभएको थियो । आर्थिक ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच