
मनाङ । नेपालमै पहिलोपटक उच्च भू-भागमा लक्जरी इलेक्ट्रिक फोर हिृवल ‘म्याक्ससइ-टेरोन ९ पिकअप’ सार्वजनिक गरिएको छ । पिकअप सार्वजनिकसँगै ‘एअरसस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको कम्पनीले जनाएको छ । जसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नवीनतम आयाम थप भएको कम्पनीको दाबी छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपालमै पहिलोपटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको हो । ‘म्याक्ससइ-टेरोन ९ पिकअप’ लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो ।
३५ सय १९ मिटर उचाइमा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि उक्त विद्युतीय सवारी साधन उपयुक्त रहेको प्रमाणित गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार मनाङमा म्याक्ससइ पिकअप सार्वजनिक गर्ने निर्णय केवल एकस्थल चयनमात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नवीनतम आयाम प्रदर्शनका लागि एक सन्देश पनि हो ।
कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । शहरी सडकदेखि हिमाली बाटासम्म सहजै सञ्चालन गर्न डिजाइन गरिएको म्याक्ससइ-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो, जसमा एडजस्टेबल एयर सस्पेन्सन समावेश छ ।
अधिकतम पाँच सय ६० किलोमिटर माइलेज दिने, २० देखि ८० प्रतिशत चार्जिङ ४२ मिनेटमै हुने र आठ वर्ष वा दुई लाख किलोमिटर वारेन्टी रहेको गाडीमा २० भन्दा बढी आधुनिक सुरक्षा फिचर रहेका छन् । नौ एयर ब्याग, तीन सय ६० डिग्री सराउन्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेनकिप असिस्टलगायतका सुविधासमेत रहेका छन् । गाडीको प्रारम्भिक मूल्य ९९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच