
काठमाडौं । एनआइसी एसिया लघुवित्तका कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँचवटा शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाँटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा दुर्ई सय ५८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरू, अनुगमन अधिकृतहरू, शाखा प्रमुखलगायतको उपस्थिति थियो ।
सोही दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । एञ्जल फाउण्डेसनको सहयोगमा सञ्चालित शिविरमा काठमाडौंको सिभिल हस्पिटलबाट गएका तीन वरिष्ठ चिकित्सकसहित नौजनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
शिविरमा ४० जनाभन्दा बढीले निःशुल्क सेवाको लाभ उठाएका थिए भने १६ जनाको ल्याब टेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो । ग्रामीण भेगमा रहेका निम्नवर्गीय समुदायलाई आर्थिक अभाव तथा विभिन्न कारण उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले शिविर सञ्चालन गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच