
चार बर्ष पहिले सांग्रिला म्यागजिनको एक अंकमा (२०१९ मार्च महिना) पाल्पाली लेखक निर्मल श्रेष्ठको आलेख प्रकाशित भएको थियो । ‘काठमाडौं खाल्डो बाहिरको काष्ठकलामा कुदिएको रति संयोग’ । लगभग चार वर्षयता काष्ठकलामा कुदिएका रति संयोगका दृश्यहरू बरे अध्ययन, अवलोकन गर्ने क्रममा केही विषय थाहा पाएको हिसाबले ढिलै भए पनि यो लेखमा फरक ढंगले प्रस्तुत गर्ने जमर्को गरेको छु ।
सर्वप्रथम निर्मल श्रेष्ठको लेखको सार, सोच, परिकल्पना र तर्क कत्ति पनि तोडमरोड नगरी सारांशमा प्रस्तुत गरेको छु । निर्मलले त्यो लेख खांस स्वप्निल रति दृश्यबारे इमानदारीपूर्वक यसरी स्पष्ट पारेका छन् । कुनै ठाउँको पहिचान त्यस ठाउँको इतिहास, कला र संस्कृतिले निर्धारण गर्ने गर्दछ । नेपाल मन्दिर मन्दिरको देश हो । यहाँ भएको मन्दिर र त्यसमा खामिएको कला, कौशल र बास्तुकलाले नेपालको पहिचान गरेको छ । अझ मन्दिरका टुडालहरूमा समेटिएका रति (कामुक) संयोगका दृश्यहरूले जो कोहिको मनलाई उद्धेल्लित पार्ने गर्दछ ।
काठमाडौं खाल्डोमा जगन्नथ मन्दिर, लक्ष्मेश्वर महादेव, गृहेश्वरी, जल विनायक, (चोभार) बज्रवराही, चार नारायण (पाटन) तलेजु मन्दिर, भैरव (कीर्तिपुर) दत्तक्रम मन्दिर (भक्तपुर) आदि मन्दिरहरूको काष्ठमा कुदिएका इरोटिक आर्टहरू (कामुक कला) छन् । यस्तै काठमाडौं खाल्डो बाहिर पाल्पा पहिलो श्रेणीमा पर्दछ । यो ठाउँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कलाकौशल एवं प्राकृतिक मनोरताले धनी छ । रुद्रसेनका छोरा मणिमुकुन्द सेन राजाको शासन कालमा पाल्पामा काष्ठकलाको विकास भएको थियो । राजाले काठमाडौं खाल्डोबाट नेवारहरूलाई पाल्पा ल्याई नेवारी शैलीको टिपिकल घरलगायत मठमन्दिरहरूको निर्माण गरेका थिए । यो काठमाडौंमा मल्लकालीन अवस्था थियो ।
नेपाल मन्दिर मन्दिरको देश हो । यहाँ भएको मन्दिर र त्यसमा खामिएको कला, कौशल र बास्तुकलाले नेपालको पहिचान गरेको छ । अझ मन्दिरका टुडालहरूमा समेटिएका रति (कामुक) संयोगका दृश्यहरूले जो कोहिको मनलाई उद्धेल्लित पार्ने गर्दछ ।
त्यसमध्ये पाल्पाको भैरवस्थान मन्दिरलाई अग्रस्थानमा लिन सकिन्छ । यसमा काष्ठकलाको बेजोड नमुना देख्न सकिन्छ । यसको छाना झिगटिले छाएको छ । मन्दिरसँगै जोडिएको मठमा काष्ठकलाले खादिएको छपा झया ‘टिका झया’, ‘आखि झया’, र ‘पासुखा झया’हरू रहेका छन् । ‘छपा झयामा’ पाचँवटा स–साना झ्यालहरू समेटिएका छन् । यसमा हात्तीको आकृति, गणेशको मूर्ति, बुद्धको मूर्ति र रति संयोगको दृश्यहरू कुदिएका छन् । अर्को पाल्पाको राजधानी तानसेनको अमरनारायण मन्दिरमा काष्ठकलाको बेजोड नमुना छ । मुख्तियार भीमसेन थापाका बुबा सानाकाजी अमरसिंह थापाले १८६३ मा निर्माण गरेको उक्त मन्दिरमा कलात्मक झ्यालहरू र थामहरूमा पशुपक्षीका सुन्दर आकृतिहरू कुदिएका छन् । मन्दिरको चारै दिशाका टुडालहरूमा खामिएको रति संयोगका दृश्यहरू छन् । तेलिया इट, बज्र र काष्ठ संयोगले बनेको सो मन्दिर वायव्य कोण मोहडामा ठडिएको छ । उनै सानाकाजी अमरसिंह थापाको पालामा जनरल भीमसेन थापाले आफ्नो महतारी सत्यदेवीको संकलप अनुसार सम्बत् १८७९ साल चैत १ गतेका दिन रिडीमा सत्येश्वर महादेवको स्थापना गरेका थिए । यस मन्दिरमा पनि रति संयोगका आकृतिहरू यथेष्ट छन् ।
पौराणिक सोच अनुसार मन्दिरमा कामुक चित्रण राख्नुको कारण मन्दिरलाई चट्याङबाट जोगाउँछ भन्ने मान्यता रहेको छ । चट्याङलाई स्त्रिलिंग (मासकुलिन) रूपमा लिइन्छ । साधारणतया देवी ‘कुमारी’ हुन्छिन् भन्ने विश्वास रेहेको छ । देवीहरू अक्षत्त योनी (भर्जिन) हुने भएकाले रति संयोग चित्रण गरिएको ठाउँमा नजिक हुन चाहँदैनन् । हिन्दु विधि विधानमा बज्रपात/चटयाङका देवता इन्द्रले मन्दिरमा खोपिएका उत्तेजिक चित्रणलाई नष्ट गर्न चाहँदैनन् भन्ने मान्यता रहेको छ । उक्त लेखमा प्रस्तुत गरिएका पाल्पा तानसेनको मठमन्दिरको इरोटिक आकृतिका चित्रणको मात्र छलफल गर्दा लेख अपुरो वा अपर्याप्त भएको हुन्छ । काठमाडौं खाल्डो बाहिर मध्यपश्चिम क्षेत्र बन्दीपुरको मठमन्दिर बारे पनि यहाँ जोड्नुपर्ने देखिन्छ । बन्दीपुर सांस्कृतिक कलाकौशल, ऐतिहासिक र प्राकृतिक मनोरताले भरिपूर्ण छ । नेपालको बीच (मध्य) भागमा अवस्थित बन्दीपुरमा पाल्पाली राजा मणिमुकुन्दसेनको हिउँदे दरबार थियो । यिनी बुढेसकालमा पाल्पा छोडेर बन्दीपुर आएका थिए ।
राजा यहाँ आउनुभन्दा पहिले आफूले आर्जेको राज्यलाई (छोराहरू) ‘माणिक्यसेनलाई पाल्पा’, ‘विनायक सेनलाई बुटवल’, ‘भृङ्गीसेनलाई तनहूँ’ कुबेर सेनलाई राजपुर र लाहाङ्गसेनलाई मकवानपुरदेखि विजयपुरसम्मको तैनाथी दिएका थिए । राजा मणिमुकन्दसेन बन्दीपुरपछि देवघाट गए । उतै बिलाए । यता विसं १६१० सम्म पाल्पा राज्यअन्तर्गत पर्ने तनहुँ (तन्हुुसुर) स्वशासित राज्यको रूपमा विसं १८३९ सम्म अखण्ड राज्यको रूपमा र≈यो । लगभग २३० वर्षको यस अवधिमा भृङगीसेन (मणिमुकुन्द सेनको छोरा) देखि हरकुमार दत्त सेनसम्म नौजना राजाहरूले राज्य गरेको थियो । यिनको वर्षे राजधनी तनहुँसुर थियो भने हिउँदे राजधानी बन्दीपुर थियो । हरकुमार दत्त सेनको पालामा तन्हुराज्य सिंगो नेपालमा बिलय हुन गयो । गोरखा सँगको आपसी घात प्रतिघातले तन्हूँले यो परिणाम भोग्नु पर्यो । गोरखाका राजा पृथ्वीनारायण शाहाले बाईसे, चौबीसे राज्यहरूलाई एकीकरण गर्ने क्रममा काठमडौं खाल्डोमा आक्रमण गर्यो । त्यसपछि मूलतः बढी भक्तपुरे नेवारहरू मरिने डरले विसं १८३६/१८३७ सालतिर बन्दीपुर भित्रियो । उनीहरूले यहाँ आफ्नो संस्कृति, सभ्यता भित्राए । यहाँ भक्तपुरे सैलीको मठमन्दिरहरू र ट्राडिसन घर निर्माण भयो । मठमन्दिर र घरहरूमा काठले कुदिएको बजोड नमुना छ ।
मन्दिरको झ्यालमाथिको टुडालको दायाँबायाँ देवी-देवताका रति संयोगको आकृतिहरू कुदिएका छन् भने एउटा देवी सर्वांग नांगो आसनमा बसेको आकृति छ । मन्दिरहरूमा यस्ता उत्तेजक चित्र कोर्ने गर्नुको पछाडि धार्मिक आस्था नभएका युवाहरूलाई मन्दिर र धर्ममा आकर्षित गर्नका लागि यो कार्य सुरु गरिएको भन्ने जनश्रुति छ ।
रणबहादुर शाहको नाति राजेन्द्र विक्रमशाहले तनहूँको सदरमुकाम बन्दीपुरको मध्यभागमा (भगवती चौक) बिन्ध्यवासिनी माई मन्दिर निर्माण गरेका थिए । करिब दुई कठ्ठा जमिनभित्र रहेको सो मन्दिरको निर्माण विसं १९०४/१९०५ सालतिर सम्पन्न भएको थियो । यो मन्दिर तले शैलीमा निर्माण भएको छ । दुईतले सो मन्दिरको छानामा स्लेट ढुंगाले छाएको छ भने मन्दिरको सबैभन्दा माथिल्लोबीच भागमा सुनको (जलप) गजुर ठड्याइएको छ । उत्तर पश्चिम मोहडा भएको सो मन्दिरको आकर्षण त्यस मन्दिरमा खासिएको कला र वास्तुकला हो । तेलिया ईट बज्र र काष्ठ संयोगले बनेको सो मन्दिर काष्ठकलाको एउटा स्वप्निल रचना हो । मन्दिरको ग्राउण्ड फलोरको मूल ढोकाभित्र सानो मन्दिर आकारको घरमा गणेश, विन्ध्या (भगवती) र खाच्चादयो राखिएको छ । ढोकाबाहिर दुईटा ठूलठूला घण्टा छन् । घण्टाको बीचमा काठको थाममाथि गोलाकार पित्तलको स्वागत गेट छन् जसको टुप्पोमा चाँदीको मुकुट छ । गोलाकार पित्तलको स्वागत गेटमा देवीको मूर्ति कुदिएका छन् । मुकुटको दायाँबायाँ नेपालको झण्डा छन् । झण्डामुनि लाम्चो स्लेट ढुंगाको शिरमा देवीको आकृति खोपिएको छ । बीचमा ‘स्वस्ती श्री ३ बन्दीपुर विन्दवासिनी श्री ३ मानेर थनंलिलि वा तुया तोलद गर्दा वदु तोजुले सम्बत् ९७० मितिमा शुभम् १० रोजम्’ उद्धृत गरिएको छ । छपनी ढुंगा बिछ्याइएको मन्दिरको आँगनमा मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरूलाई बस्न सुविधा मिलेको छ । मन्दिरको सामुन्ने रहेको पाटीको टुडालमा पनि काष्ठकलाको अनुपम दृश्य देखिन्छ ।
‘भारतको मध्यभागमा पर्ने पूर्व-पश्चिम भएर रहेको प्रसिद्ध पर्वत, बिन्ध्याचलमा रहेको अधिशास्त्री देवी कास्कीकोटमा स्थापना गर्न राजाले ल्याउँदा पोखरामा बिसाइएको थियो । त्यहाँबाट देवीलाई (मूर्तिलाई) उचाल्न नसक्ने स्थिति सिर्जना भएपछि त्यही ठाउँमा नै मन्दिर बिन्ध्यवासिनी (विध्याचलबाट ल्याएकाले बिन्ध्यवासिनी नाम रहेको) देवी स्थापना गरेको हो चने किंबदन्ती छ । बन्दीपुरको बिन्ध्यवासिनी मन्दिर बारे भने त्यस्तो तथ्यपरक घटना र किंबदन्ती हालसम्म गर्भ अवस्थामानै छ । यो भगवतीको रूप हो । यहाँ देवीहरूको बासस्थान रहेकोले बिन्ध्यवासिनी नाम रहेको हो भन्ने एक थरीको भनाइ छ भने एकताका यहाँ विद्या आर्जन गर्ने ठाउँ भएकाले बिन्ध्यवसिनी नाम रहन गएको हो भन्ने अर्को थरीको भनाइ छ । पोखराका बिन्ध्यवसिनीे मन्दिर आधुनिक फलाट शैलीमा निर्माण गरिएको छ भने बन्दीपुरको बिन्ध्यवसिनी मन्दिर पेगौडा शैलीको छ । यस (बन्दीपुर) मन्दिरको आकर्षण केन्द्र भनेको काष्ठको स्वप्निल रचना र त्यसभित्र खामिएको रति संयोगका दृश्यहरू नै मुख्य हुन् । मन्दिरको चारैदिशाका टुडालहरूमा यी दृश्य देख्न पाइन्छ । टुडालको बीच र माथिल्लो भागमा मयुर, सिंह, गरुड, सर्प, ड्रागन र कुकुरको आकृति कुदिएको छ ।
स्वाक्यर मोडलको प्वालैप्वाल परेको मन्दिरको भ्mयालमाथिको टुडालको दायाँबायाँ देवीदेवताका रति संयोगको आकृतिहरू कुदिएका छन् भने एउटा देवी सर्वांग नांगो आशनमा बसेको आकृति छ । मन्दिरहरूमा यस्ता उत्तेजक चित्र कोर्ने गर्नुको पछाडि धार्मिक आस्था नभएका युवाहरूलाई मन्दिर र धर्ममा आकर्षित गर्नको लागि यो कार्य सुरु गरिएको भन्ने जनश्रुति छ । बन्दीपर मोटो न मोटो लाम्चो खरी ढुंगालाई सम्याएर (कुदेर) इट्टाको आकारले बनाएको दुईटा मन्दिर छन् । नाम छ गणेश र महादेव । गणेश बजारको बीचमा छ भने महादेव बजारको पुच्छारमा छ । मन्दिरको इटाको कापमा माटो र सिमेन्ट वा त्यस्तो कुनै भौतिक तत्व पनि प्रयोग गरिएको देखिँदैन । देख्नेले मन्दिर कसरी अडिएको होला भन्ने तर्क गर्छन् । आजभन्दा २५० वर्ष पहिले यो मन्दिर निर्माण भएको अनुमान छ । हातले कुदेर, कोपेर बनाएको या अनुपम कलात्मक ढुंगाले निर्मित यस्तो मन्दिर सायद संसारमै बिरलै होलान् । बन्दीपुर, हाल बुटवल ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच