
महात्मा गान्धी भएको भए पहलगाम घटनालाई लिएर के भारत र पाकिस्तानबीच युद्ध हुने थियो भन्ने प्रश्न सामाजिक सञ्जालमा देख्न पाइन्छ । के भाजपा सरकारमा उनी अनशन बसेर युद्ध रोक्न अहिंसाको मार्गमा जान आहृवान गर्दा उनलाई अर्को नाथुराम गोेड्सेले फेरि हत्या गर्ने थिए ? नाथुराम गोड्से आरएसएसका कार्यकर्ता थिए । अहिले ट्रम्पले हजार वर्ष पुरानो कश्मीर विवाद आफ्नो मध्यस्थतामा समाधान गर्छुभन्दा महात्मा गान्धीले संयुक्त राष्ट्र संघको ५ जनवरी १९४९ मा पारित भएको कश्मीरमा जनमतसंग्रहको प्रस्तावलाई स्वीकार गर्ने थिए । जसमा उनकै प्रधानमन्त्री नेहरू, पाकिस्तानका प्रधानमन्त्री लियाकत अली खानले सही गरेका थिए ।
तर, के दुबै देशका वर्तमान प्रधानमन्त्रीहरूले यसलाई मान्थे ? यसलाई मान्नु भनेको दुबै देशको कश्मीरी भू-भाग स्वतन्त्र हुनु हो । यी दुबै देशले यस कुरालाई मान्दैनन्, दुबैले सिंगो कश्मीरमाथि आ-आफ्नो दाबी गरेका छन् । जबसम्म एकीकृत कश्मीर स्वतन्त्र हुँदैन तबसम्म आतंकवादी समस्या ज्यूँका त्यूँ रहिरहने छ । यसको समस्याको एकमात्र समाधान भनेको जनमतसंग्रह नै हो र जनमतसंग्रहबाट एकीकृत स्वतन्त्र कश्मीर राष्ट्रको स्थापना हो । अर्कोतिर यदि कश्मीरी जनताले भारतमै बस्न चाहन्छन् भने यो मुद्दा समाप्त हुनेछ ।
मोदीले धारा ३७० हटाएपछि कश्मीरबाट आतंकवाद समाप्त हुन्छ भनेका थिए, त्यसैले जम्मुकश्मीरलाई दुई टुक्रा गरे तर के कश्मीरबाट आतंकवाद समाप्त भयो ? यदि जनमतसंग्रह भएर कश्मीर स्वतन्त्र भयो भने लद्दाख जसलाई चीनले अक्साइए चीन भन्छ, त्यो चीनको हुनेछ । ट्रम्पले यसलाई मान्यता पनि दिनेछन् । गान्धी भएको भए, यो युद्ध हुने थिएन् र ५ जनवरी १९४९ को राष्ट्र संघमा भएको लिखित सहमति अनुसार जनमतसंग्रह गर्न तयार हुनेथिए ।
पाकिस्तानले पहलगाममा भएको आतंकवादी हमलामा उसको हात छैन भनेर अन्तर्राष्ट्रियस्तरको छानबिन समिति बनाउन माग गर्दा भरतले मौनता धारण गर्यो । आगामी वर्ष हुने विहार आदि राज्यको विधानसभा चुनावलाई ध्यानमा राखेर आफ्नो गिर्दो साखलाई उच्च पार्न भाजपा सरकारले युद्धको खेल खेलेको हो तर जित्न सकेन ।
भरत विभाजन भएको ७८ वर्ष पुग्यो तर भरत र पाकिस्तान तथा हिन्दु र मुस्लिमबीचको पारस्परिक सौहार्द्रता दिनप्रतिदिन घट्दै गएको छ । भारत विभाजनपछि गान्धीजीले पाकिस्तानलाई ५५ करोड भारु दिन सरकारलाई दबाब दिन अनशन बसेपछि नेहरूले पाकिस्तानलाई उक्त रकम दिएका थिए । यस कारणले नाथुराम गोड्सेले गान्धीजीको हत्या गरेका थिए । गान्धीजीको हत्यापछि पनि भारत र पाकिस्तानको सम्बन्ध बन्नुको सट्टा बिग्रिँदै गएको छ । आज यो चरम शत्रुतामा परिणत भएको छ । भाजपा सत्तामा आएपछि मुस्लिमविरोधी भावना बढेको छ र त्यसको असर नेपालमा पनि देखिएको छ ।
भारतले पाकिस्तानलाई आफ्नो अखाडा बनाएका आतंककारी संगठनलाई मात्र भारतमा आतंकवादी गतिविधि गरेको दोषारोपण गरिरहेको छ, भारतमा भएको आतंकवादी संगठनहरूलाई देख्दैन । पाकिस्तानले त पहलगाममा भएको आतंकवादी हमलामा उसको हात छैन भनेर अन्तर्राष्ट्रियस्तरको छानविन समिति बनाउन माग गर्दा भारतले मौनता धारण गर्यो । आगामी वर्ष हुने विहार आदि राज्यको विधानसभा चुनावलाई ध्यानमा राखेर आफ्नो गिर्दो साखलाई उच्च पार्न भाजपा सरकारले युद्धको खेल खेलेको हो तर जित्न सकेन ।
यो कुरा भारतीय मिडियामा पनि आइसकेको छ । भारतमा उत्पादित आतंकवादी संगठनहरू, जो भारतमै बसेर आतंकवादी गतिविधि गर्छन्, तिनीहरू हुन्, इण्डियन मुजाहिद्दिन, जसको शाखा नेपालको तराईहरूमा पनि अहिले सुषुप्त रूपमा छन् । एक डेढ वर्षअगाडि नेपालगञ्जमा भएको हिन्दु-मुस्लिम दंगामा भारतबाट आएका एकजना मौलवीले जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरीहरूको बीचबाट हिन्दुहरूको शिर काट्न उर्दी जारी गरेर भारत फर्कियो तर न प्रशासनले न त प्रहरीले उसलाई समातेर कारबाही गर्यो । भारतमै भएको अर्को आतंकवादी संंगठन, स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ भारत र हरकतउल मुजाहिद्दिन छन् । यस अतिरिक्त भारतमा जमातउल मुजाहिद्दिन, बांगलादेश, जो भारतमा सक्रिय छ र यरुशलममा हेडक्वार्टर भएको हिज्बउततहरीर भारतमा सक्रिय छ ।
भारतमा धर्मान्तरण र हिन्दु केटीहरूलाई फकाइफुल्याइ विवाह गरी मुस्लिम बनाउने प्रक्रिया पनि बढी भएकाले त्यहाँ मुस्लिमहरूको विरोध छ । यो सिलसिला नेपालमा पनि देखिनथालिएको छ । यसले हिन्दु जनसंख्यालाई घटाउने र मुस्लिम जनसंंख्यालाई बढाउने देखिन्छ । अनि हिन्दुहरूमा दुईभन्दा बढी सन्तान नपाउने धेरै छन् भने मुस्लिमहरूले अल्लाहको देन भनेर जति पनि सन्तान पाउने गर्छन् । यसले जनसंख्यामा असर पार्छ । भरतमा विभाजनपछि मुस्लिम जनसंख्या ९.८ प्रतिशत अर्थात् ३ करोड ५४ लाख थियो ।
सन् २०२३ मा १४ं.२८ प्रतिशत अर्थात् २० करोड छ । २०२३ को जनगणना अनुसार पाकिस्तानमा करिब २५ करोड जनसंख्यामा ३८ लाख हिन्दु छन् जो १ं.६१ प्रतिशत हुन्छन् । पश्चिमी पञ्जावमा ९७ प्रतिशत पञ्जावीहरू मुस्लिम छन् भने तीन प्रतिशत शिख र अन्य पर्छन् । भारत विभाजन हुँदा पश्चिमी पाकिस्तानमा १.६ प्रतिशत हिन्दु थिए । मुस्लिम जनसंख्या बढ्ने तर हिन्दु नबढ्ने कारण के हो ? पूर्वी पाकिस्तान हाल बंगलादेशमा भरत विभाजनको समयमा २२.५ प्रतिशत हिन्दु थिए भने अहिले ७.९ प्रतिशत मात्र छन् । हिन्दुको संख्या किन घट्यो यो सर्वविदितै छ ।
कश्मीर त भारकाका लागि एउटा उपनिवेश भएको छ । आज गान्धीजी भएको भए कश्मीरीहरूले यस्तो दिन देख्नुपर्ने थिएन । उहाँले कश्मीरमा जनमतसंग्रह गराएर त्यहाँका जनताको अधिकारको सम्मान गर्नुहुन्थ्यो, भलै यसका लागि उहाँले ज्यानै दिनु किन नपरोस् ।
तर, यो भन्दैमा हिन्दुहरूले मुस्लिमहरूलाई यातना दिनु मानवोचित व्यवहार होइन । सबै मुसलमान खराब हुँदैनन् न त सबै हिन्दु असल हुन्छन् । अशान्तिको जड दुबैतिर छ । जस्तोसुकै अतिवाद मानवताका लागि घातक हो । भरत पाक क्षेत्रको मुस्लिम बासिन्दाहरूलाई घर छोड्न बाध्य पारिँदै छ । महाराष्ट्रका मन्त्री नितेश राणेले जनतालाई भनेका छन्, ‘हनुमान चालिसा पाठ गरेर निश्चित हुनुपर्छ ऊ हिन्दु हो कि मुसलमान । मुसलमान भए उनीहरूसँग सबै किसिमको उठबस बन्द गर्नुपर्छ ।’ तेलेंगाना, हैदरावादमा अवस्थित कराँची बेकरी यस कारण तोडफोड गरिएको हो कि यसको नाम कराँची छ ।
जबकि यो बेकरी एकजना सिन्धी हिन्दु खानचन्द रामनानीले सन् १९५३ मा हैदरावादमा स्थापना गरेका थिए । भारत विभाजनपछि उनी कराँची, सिन्धबाट भारतको हैदरावादमा आएर यो बेकरी खोलेका थिए । उनले आफ्नो गृहनगर कराँचीको सम्झनामा यो बेकरीको नाम राखेका थिए । अहिले उनको तेस्रो पुस्ताले यो बेकरी सञ्चालन गरेका छन् । भारतको ठूला शहरहरूमा यसका शाखाहरू छन् । यसको उत्पादन अमेरिका, अष्टे«लिया, न्यूजिल्याण्ड, युरोप र अफ्रिकालगायत २० देशहरूमा निर्यात हुन्छ । एउटा हिन्दुको बेकरीको नाम कराँची भएकोले तोडफोड गरियो । आफू जन्मे हुर्के र बसेको ठाउँसँग मानिसको भावनात्मक सम्बन्ध हुन्छ भन्ने कुरा बुझेनन् ।
आफ्नो चलेको ब्राण्डलाई कसैले मेटाउन चाहँदैन । जो सबैभन्दा दुर्बल छ उसैले आक्रमण गर्छ । सबैभन्दा पहिला भारतले पाकिस्तानमाथि आक्रमण ग¥यो । उसले त पाकिस्तान अधिनस्त कश्मीर नै लिएर छाड्ने भन्यो, नतिजा उसले जित्न सकेन, उसको महँगा युद्धक विमान र ड्रोनहरू पाकिस्तानले नष्ट गर्यो । पाकिस्तानसँग चीन थियो तर भरतसँग कोही थिएन्, उसले आफ्ना छिमेकीहरूलाई दुश्मन बनाएर राखेकोले कोही उसको छेउमा उभिएनन्, सिवाय नेपाल । के युद्धले आतंकवाद निर्मुल पार्न सकिन्छ ? आज ट्रम्प सिरियाका जुन शासकलाई आतंककारी भन्छन् उसैसँग कुवेतमा हात मिलाउन पुग्छन् । ऊ पनि ट्रम्पको माई डियर फ्रेण्ड भयो । भारत पाकिस्तानलाई कमजोर ठान्थ्यो तर युद्धले देखाइदियो को कमजोर रहेछ भनेर । अमेरिकी धर्मशास्त्री डगलस हर्टनले भनेका छन्, ‘प्रतिशोध लिनु छ भने दुईवटा कबर खन, एउटा शत्रुका लागि र अर्को आफ्नै लागि ।’
युद्धले कसैको भलो गर्दैन, अर्बौं अर्ब खर्चेर सैन्य विमान, गोलाबारुद किन, त्यो पैसा त ट्याक्सको रूपमा जनताले तिर्नुपर्ने हो । युद्धले एकअर्काप्रति घृणा सिकाउँछ । यसले सामाजिक र आर्थिक नोक्सानी प्रचुर मात्रामा गर्छ । यो युद्धले इण्डियनसँग विवाह गरेका पाकिस्तानी महिलाहरू, जो विवाहपछि इण्डियन भइसकेका थिए, उनीहरूलाई उनीहरूको पति र सन्तानदेखि अलग गरेर पाकिस्तान पठाइयो ? यो कुन मानवोचित कार्य थियो ? सनातन धर्मले परिवारहरूलाई अलग गर त भन्दैन बरू विश्वलाई नै एउटा परिवार भन्छ । यो कस्तो धर्म हो ? दुबैतर्फबाट आमनागरिक मारिएका छन् । युद्ध त सेना सेनाबीच हुनुपर्ने हो । आज कश्मीरमा त्यहाँका जनतालाई मुस्लिम भएकै कारण भारतीय सुरक्षा फौज र आरएसएसबाट निर्यात यातना दिइँदै छ, यसले के भारतले कश्मीरी जनताको मन जित्न सक्ला र ?
कश्मीर त भारतका लागि एउटा उपनिवेश भएको छ । आज गान्धीजी भएको भए कश्मीरीहरूले यस्तो दिन देख्नुपर्ने थिएन । उहाँले कश्मीरमा जनमतसंग्रह गराएर त्यहाँका जनताको अधिकारको सम्मान गर्नुहुन्थ्यो, भलै यसका लागि उहाँले ज्यानै दिनु किन नपरोस् । गान्धी युद्धको विरोध गरेर भाइचाराको दुहाई दिन्थे, जसलाई अहिले हो भने पाकिस्तानी एजेन्ट भनेर हत्या गर्न पछि हट्ने थिएनन् । कार्यालयका भित्ताहरूमा गान्धीको तस्वीर लगाएर हुँदैन, गान्धीको नीतिको र उहाँको विचारको पनि सम्मान गर्नुपर्छ । हाम्रा नेपाली सेनाले आफ्ना कार्यालयहरूमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीर त झुण्डाउने गरेका छन् तर पृथ्वीविचारबाट ती सयौं कोस टाढा रहेको जस्तो होइन र भारतको नीति ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच