
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ ।
आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो । साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउनुभयो । कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोड्नुभयो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि लोकेश राहुलले अविजित रहँदै ११२ रन बनाउनुभयो । ६५ बलको सामना गर्नुभएका उहाँले १४ चौका र चार छक्का प्रहार गर्नुभयो । अभिषेक पोेरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन बनाउनुभयो ।
यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेसो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच