
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले लागु औषध चरेससहित चारजना व्यक्ति पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजेको समयमा रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ स्थित घर्ती गाउँ बजारबाट ६.८२ ग्राम चरेससहित ४ जना व्यक्ति पक्राउ गरेको बताइएको छ।
पक्राउ पर्नेहरुमा दाङको लमही नगरपालिका–५ घर भइ हाल रोल्पाको घर्तीगाउँ बजारमा हिलसाइड अटो वर्कशप संचालन गर्दै आएका वर्कशप सञ्चालक वर्ष ३१ का राजन गुप्ता, रोल्पा माडी गाउँपालिका–२ पारिबाङ्का वर्ष २२ का सुमन बुढामगर सोही ठाउँ बस्ने बर्ष २३ का लोकेन्द्र बुढामगर र रोल्पा नगरपालिका –२ मुलपानी बस्ने बर्ष २८को भूपेन्द्र डाँगी रहेको बताएको छ।
प्रहरीका अनुसार निजहरुलाई नियन्त्रणमा लिई रितपूर्वक खानतलासी गर्ने क्रममा राजन गुप्ताको कोठाभित्र समेत खानतलासी गर्ने क्रममा लागू औषध चरेस जस्तो देखिने डल्लो फेला परेको प्रहरीले जनाको छ ।
रोल्पा जिल्ला अदालतबाट शनिबार १० दिनको म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच