
म्याग्दी । म्याग्दी का पाँचवटा स्थानीय तह (गाउँ पालिका) मा हुलाक कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाकाको केन्द्र बाहिर रहेका हुलाक सेवालाई केन्द्रमा स्थानान्तर गरी व्यवस्थित गर्ने नीति अनुसार गाउँपालिकाको केन्द्र बाहिर रहेका हुलाकलाई केन्द्रमा स्थानान्तरण गरिएको हो ।
सरकारले हुलाक सेवालाई प्रभावकारी र आधुनिक बनाउन हुलाकको पुनः संरचना अभियान थालेको छ । सोही अभियान अन्तर्गत ‘एक पालिका, एक स्माट हुलाक’ कार्यालय स्थापना गर्ने नीतिअनुसार म्याग्दीका पाँचवटै पालिकाको केन्द्रमा हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।
मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिकाको दरबाङ रघुगंगा गाउँपालिकाको मौवाफाँट, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र धवलागिरी गाउँपालिकाको मुनामा स्थानान्तर गरि सेवा प्रवाह थालिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
सुचना प्रविधिको अत्याधुनिक विकास सँगै हुलाक सेवाको प्रभाविकारिता खुम्चिँदै गएको अवस्थामा सरकारी तथा ब्यक्तिगत चिठीपत्र मात्रै नभई दैनिक प्रयोग हुने आधारभूत कागजात सहित एफ.एम. रेडियो नवीकरण पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरण तथा अनुगमन लगायतका सेवा प्रवाह पनि सोही कार्यालयबाट भइरहेको छ । हुलाक कार्यालयले म्याग्दीबाट मुस्ताङ र जिल्ला बाहिर जाने सेवाका लागि कालिपुल बसपार्कमा हुलाक केन्द्र स्थापना गरेको छ ।
प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम इलाका हुलाक हटाएपछि हाल म्याग्दीमा एक जिल्ला हुलाक कार्यालय, पालिकास्तरीय हुलाक कार्यालय र २८ अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।
हाल जिल्ला हुलाक सहित पालिकामा प्रमुख सहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच