
काठमाडाैं । कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भुमिका खेल्नको लागि नेपालमा आईतवारबाट एम्बास्डर्स क्लव र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोवल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुरुवात भएको छ ।
सोही अवसरमा नेपालको पहिलो कुटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लव र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्वपूर्ण भुमिका रहने बताउनु भयो । वैश्विक व्यवस्था तिब्र रुपमा परिवर्तन भइरहेको भन्दै नेपाल अब किनारामा बस्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम भएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘वैश्विक व्यवस्था तिब्र रूपमा परिवर्तन हुँदैछ । र नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम हो ।’
कार्यक्रममा अम्बासडर्स क्ल र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदुत डा. सर्मिला पराजुली ढकालले महत्वपूर्ण संस्थाहरुको उद्घाटन केबल शुरुवात मात्र नभई यात्राको थालनी भएको बताउनु भयो । यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्याउने यात्रा भएको उल्लेख गर्नुभयो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुञ्जिने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्याउने यात्रा हो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुन्जिनेछ । साना राष्ट्रहरू उभिनुपर्छ । द्वन्द्वमा होइन, दृढतामा । हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभुतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ । विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन ।’
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र नभइ पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले आज नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘आज नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु हो - निष्क्रियताबाट होइन, रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत, त्यो चुनौतीको उत्तर हो । यस्तो प्लेटफर्म जहा नेपाल अरूबाट प्रतिनिधित्वको पर्खाइमा बस्दैन, तर दृढता, उद्देश्य र सिद्धान्तसाथ आफैं बोल्छ ।”
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लवलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गर्नुपर्ने बताउनु भयो । विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतामा जुधिरहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय कुटनीतिमा नेपालको भुमिका सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतासग जुझिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्वपूर्ण छन् । केवल चुनौती सामना गर्न होइन, अन्तर्राष्ट्रिय कुटनीतिमा नेपालको भुमिका सशक्त बनाउनुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यस्ता पहलहरुले नेपाल र विश्वमा भइरहेको जटिल कुटनीतिक अभ्यास सुधार्न मद्दत गर्ने बताउनु भयो । अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुधिरहँदा परम्परागत अभ्यासलाई नयाँ अभ्यासले प्रतिस्थापन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यी पहलहरूले नेपाल र विश्वमा भइरहेको जटिल कुटनीतिक अभ्यास सुधार्न मद्दत गर्नेछन् । अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुझिरहँदा परम्परागत अभ्यासलाई नयाँ अभ्यासले प्रतिस्थापन गर्नुपर्छ । यी पहलहरूले नया विचारहरू ल्याउन र प्रवद्र्धन गर्न प्रमुख भूमिका खेल्नेछन् ।’
डिप्लोम्याटिक कोप्र्सकी डीन तथा नेपालका लागि इजिप्टकी राजदुत नोहा हाम्दी अहमदले आयोजक समिति तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आईआरजीडीडी, एम्बास्डर्स क्लवले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आईआरजीडीडी, एम्बास्डर्स क्लवले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्छ, जसले कूटनीतिज्ञहरूलाई अनुभव र ज्ञान साट्न सहयोग पु¥याउँछ। साथै, द्विपक्षीय र बहुपक्षीय कुटनीति प्रवद्र्धनमा पनि सहायक हुनेछ ।’
संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक-नेपाल हाना सिंगर हाम्दीले विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको छ । तपाईहरुले हामीलाई प्रेरित गराउने तीनवटा कारण लिएर आउनुभएको छ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्वउपप्रधानमन्त्री सुजाता कोईराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, एम्बास्डर्स क्लव र आईआरजीडीडीकी अध्यक्ष डा. ढकाल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकाल, डिप्लोम्याटिक कोप्र्सका डिन तथा नेपालका लागि इजिप्टका राजदुत नोहा हाम्दी अहमद र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले संयुक्त रूपमा पत्रिका विमोचन गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच