
काठमाडाैं । सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त थिए । तिनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रयस्थल रहेको ली अजलिना विस्थापन शिविर छोडेर हामा प्रान्तको आफ्नो गृहनगर ट्रेमसेह फर्कने तयारी गरिरहेका थिए ।
शुक्रवार १ सय परिवारहरू ठूलो काह शरणार्थी शिविरबाट निस्किए । जुन क्षेत्रको प्रमुख आन्तरिक विस्थापन शिविर थियो । पहिले ४ सय परिवारको घर भएको शिविरमा गत महिना दुई ठूला समूहहरू छोडेपछि अब लगभग ३० जना मात्र छन् ।
उनीहरूको फिर्ती मानवीय प्रयासहरूमार्फत सम्भव भएको थियो । जसले उनीहरूको मूल गाउँहरूमा निःशुल्क यातायात प्रदान गर्यो । घर फर्कने खुशीको बावजुद परिवारहरूले धेरै कठिनाइहरूको सामना गरेका छन् । उनीहरूको गृहनगरमा ठूलो मात्रामा लडाईं शान्त भएको छ । तर व्यापक विनाश भएको छ । त्यहाँ कुनैपनि विद्यालय वा चिकित्सा क्लिनिकहरू कार्यरत छैनन् । सफा पानी र बिजुलीको पहुँच सिमित छ ।
पालहरुमा धेरै दुःख भोगेको र आफूहरुका लागि त्यो धेरै पीडा रहेको उनीहरुको भनाइ छ ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच