
काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । ५ अर्ब ६७ करोड रुपैयाँ कृषि कोल्ड स्टोरको नाममा गएका अनुदानको अनुसन्धान र छानविन गरी जवाफ दिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले हरेक वर्ष झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता हुने गरेको भएपनि आवश्यक मल अझै नआइसकेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले समयमै मलखाद नपाउँदा किसानलाई बढी मर्का पर्ने बताउनु भयो । उहाँले अहिलेको कृषि बजेट पर्याप्त नरहेको पनि बताउनु भयो ।
सांसद केसीले भन्नुभयो, ‘कृषिमन्त्रीजीले एक, डेढ महिनाअघि कृषि मन्त्रालयबाट जिवगत ५ वर्षमा सात अर्ब ६६ करोड अनुदान वितरण भयो, त्यस्तो वितरण कति वास्तविक किसानले पाएका छन् ? कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक तथा आर्थिक स्वार्थमा भयो, त्यसलाई छानविन गर्छु भनेर सार्वजनिक प्रतिवद्धता गर्नुभयो, त्यसको सम्बन्धमा के हुँदैछ ? हरेक वर्ष हामीलाई झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता छ । त्यो मल साढे ४ देखि ६५ लाख भन्दा बढी लिन नसक्ने अवस्था छ । कृषिको सिजन कुन हो, कुन बेलामा मल चाहिन्छ, त्यो बेलामा सरकार टु सरकार वा टेण्डरबाट लिइसक्नुपर्ने कुरा प्रत्येक सरकारले बुझ्नुपर्छ । जुन बेला मलको आवश्यकता छ, त्यही बेलामा टेण्डर हुँदैछ भन्ने परिस्थिति छ, त्यसले झनै किसानलाई बढी मर्का परेको छ । अहिलेको कृषि बजेट पर्याप्त छैन ।’
सांसद केसीले बजेटको निरन्तरतामा पक्षपात नगर्न आग्रह गर्नुभयो । कृषि विकास राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच