
बैतडी । बैतडीमा भन्सार छलीको बिँडी बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-६ सेरा महाकाली नदी किनारबाट बेवारिसे अवस्थामा १० पेटी बिँडी बरामद प्रहरीले बरामद गरेको हो ।
सेरा प्रहरी चौकीबाट प्रहरी साहयक निरीक्षक भक्तबहादुर मतहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा दुई लाख ८२ हजार बराबरको अवैध बिँडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।
‘भारतबाट भन्सार छली गरि लुकाएर राखेको अवस्थामा प्रहरीको निममित गस्तीका क्रममा अवैध बिँडी बरामद गरिएको हो’, प्रवक्ता बडूले भन्नुभयो, ‘बरामद गरिएको बिँडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको छ ।’
भारतसंग सीमा जोडिएको महाकाली किनार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको प्रहरीले जनाएको छ । भन्सार छलीका सामग्री आयात हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रहरी टोली खटाइएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच