
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँभन्दा माथिबाट बाढीपहिरो आउँदा यहाँ ठूलो क्षति पुर्याएको छ । जेठ १ गतेराति आएको बाढीपहिरोले तिलगाउँमा सिचाई, जलविद्युत, खानेपानी लगायतमा ठुलो क्षति पुर्याएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
वडाध्यक्ष तामाङले भन्नुभयो, “तिलगाउँभन्दा माथि रहेका दुई ताल चर्किनुका साथै जमिनै भासिँदा गाउँमा बाढी पहिरो आयो । बाढी आएको खोजी गर्दै जाँदा आठ घण्टा पैदल हिडेपछि दुई ताल चर्किएको भेटियो ।” यहाँका कोही कसैललाई तालको नाम थाहा छैन्, आ आफ्नो तरिकाले नाम दिने गरेका छन् । ताल चर्किदा तील गाउँमा ठूलो बाढी आएको हो । दुबै ताल पुरै फुटेको छैन् चर्किका छन् । ताल फुटेको होइन्, जमिनै भाएिको छ । त्यहि भासिएर ताल चर्किदा ठूलो समस्या बनाएको छ । आइतबार मात्रै नौ घण्टा हिडेर गएपछि ताल भासिदा बाढी पहिरो आएको पत्ता लागेको हो ।
आज सोमबार तिल गाउँमा अवस्था सामान्य रहेको छ । हिजो अस्तिका जस्तो गरी लेदो र पहिरो आएको छैन् । तर यहाँका स्थानीय भने त्रसित भएका छन् ।
खोलाको दूषित पानी खान बाध्य
गाउँका १९ घरधुरीका ३३ जना बुढापाखा र बालबालिकाले गाउँमा बाढी पहिरो आएपछि खोलाको दुषित पानी खान बाध्य भएका छन् । खानेपानीका पाइप र मुहानमा क्षतविक्षत बनाएपछि अहिले यहाँका स्थानीयले खोलाको पानी खान बाध्य भएको गुनासो गर्ने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइपहरुमा पनि टुटफुट भएका छन् । मुहान नै धमिलो भएपछि खोलाको त्यही धमिलो पानी पिउन तील गाउँका नागरीक बाध्य भएका छन् ।
३३ जनाको बास त्रिपालमुनी बास
तिल गाउँमा बाढी पहिरो आएर यहाँका १९ घरधुरीका ३३ जना नागरीक त्रसित हुँदा अहिले उनिहरुको त्रीपालमुनी बास भएको छ । गाउँमा बुढापाखा (वृद्धवृद्धा) र दुई, तीन जना बालबालिका मात्रै भएकाले उनीहरु पुनः बाढी आउँछ कि भन्ने डर र त्रासले तील गाउँभन्दा अहिल टाढा त्रीपालमुनी बस्ने गरेका छन् । दिउँसो खानेकुरा लिन गाउँमा आएपनि राति उनीहरुको सुत्ने बास त्रिपालमा भएको छ । गाउँका अन्य युवायुवती रोजगारीका लागि छिमेकी मुलुक चीन पुगेपछि गाउँमा बुढापाखा मात्रै छन् । उनीहरु डर र त्रासका कारण तील गाउँको छेउमा रहेका विद्यालय नजिकै पाल टागेर बास बस्दै आएका छन् । गाउँ नजिकैको खोलामा बाढी आउँदा उनीहरु थप त्रसित बनेका हुन् । गाउँमा बाढी असर नगरेपनि गाउँका विभिन्न भौतिक पूर्वधारदेखि खेतियोग्य जमीनमा ठूलो क्षति पुर्याएको छ ।
१५ किलोवाट विद्युत बगायो
जेठ एक गते राति आएको बाढी पहिरोले गाउँ आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । गाउँ नजिक रहेको १५ किलोवाट क्षमता भएको जलविद्युत समेत बगाएको छ । उक्त जलविद्युतमा बगाएर लिएपनि यहाँका नागरीक अन्धकारमा बस्दै आएका छन् । विद्युत नै बगाएपछि अहिले तील गाउँका नागरीक अन्धकारमा बस्नु परेको छ । रातीको समय उज्यालोका लागि विद्युत छैन् । फोन गर्नका लागि मोबाइलमा चार्ज समेत नहुने गरेको छ ।
जेठासी बाली उवा बगायो
तील गाउँ हुम्लाको सबैभन्दा उच्च भेगमा पर्ने भएकाले यहाँ सबैभन्दा बढी उवा मात्रै उत्पादन हुँदै आएको छ । जेठको महिना पाक्न लागेको घर भित्र्याउने समयको उवाबाली सबै सखाब बनाएको छ । बाढी पहिरोले बगाएर लिएको छ । तील गाउँमा अरु बाली पाक्दैन सबै भन्दा बढी उत्पादन हुने उवा मात्रै हो । त्यो घर भित्र्याउने समयको बेला अचानक आएको बाढीले बगाएको छ । अब खाने भन्ने चिन्तामा बसेको वडाध्यक्षको गुनासो छ । गाउँमा लगाएको दुई, तीन रोपनी उवा बाली सबै बगाएको छ । यहाँका बुढापाखा अहिले रोइरहेका छन् । गाउँमा ठूलो क्षति भएपछि राहतको प्रतिक्षामा छन् ।
सिचाई गर्न समस्या
जेठ १ गते राति आएको बाढी पहिरोले बगाएपछि तील गाउँमा सिचाईको थप समस्या हुने देखिएको वडाध्यक्षको भनाई छ । एक त गाउँमा सिचाई गर्न समस्या हुन्छ । त्यही भएका सिचाईका संरचना बगाएपछि थप समस्या हुने देखिएको छ । अब खेत पनि बगाएको छ । कसरी सिचाई गर्ने । तीलगाउँमा झन ठूलो समस्या निम्तिएको उहाँले बताउनुभयो ।
राहतको पखाईमा तिलबासी
तिलगाउँमा बाढी पहिरोले वितन्डा बचाएपछि यहाँका नागरीक राहतको पखाईमा बसेका छन् । जेठ महिनामा पाक्ने उवा कात्तिक मंसिरसम्म टिक्ने गथ्र्यो । तर सबै बगाएपछि के खाने कसरी घरपरिवार चलाउने भन्ने चिन्तामा तिलगाउँका स्थानीय छन् । उनीहरुले अहिले स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई राहतको तत्काल व्यवस्था गरिदिन आग्रह गरेका छन् । वडाध्यक्ष तामाङका अनुसार अहिलेसम्म कोही कसैले रातहका लागि कुनै पहल नगरेको बताउनुभयो । आफुले बरु सम्बन्धित निकायमा क्षतिबारे जानकारी गराउनुका साथै राहत उद्धारको पहल गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच