
रौतहट । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतीय टोकन प्रणाली लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा पहिलोपटक विद्युतीय टोकन प्रणाली सुरु भएपछि सेवाग्राही हर्षित भएका छन् । सेवाग्राहीलाई सेवा लिन सहज होस् भनेर सोमवारदेखि विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राही एक सम्मान रहेकाले सेवा प्रवाहमा भेदभाव नहोस् र सेवाग्राहीको काम छिटो छरितो होस भने उद्धेश्यका साथ सोमवारदेखि विद्युतीय टोकन प्रणाली सुरु गरिएको रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।
जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नयाँ नागरिकता शाखा र नागरिकता प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा कार्यालय खुल्ने वितिक्कै सेवाग्राहीहरुको लामो लाइन लाग्ने भएकोमा टोकन प्रणाली लागु भएसंगै लाइन लाग्नु पर्ने बाध्यता हटेको प्र.जि.अ. खड्काले बताउनु भयो ।
सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित तथा प्रभावकारी बनाउन कार्यालयमा विद्युतीय टोकन प्रणाली सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीले टोकन लिएर सहजै सेवा प्राप्त गर्ने भएकाले सेवाग्राहीलाई विगतमा भन्दा थप सहज हुनेछ ।
जिल्ला प्रशासन कार्यालयकाका विभिन्न शाखामा सेवा लिने सेवाग्राहीहरुको भिड हुने भएकोले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई सहज रुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र सेवाग्राहीहरुलाइ विद्युतीय टोकनका आधारमा क्रमशः सबै कोठामा सेवा दिने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
सेवाग्राहीका लागि सुरु गरिएको विद्युतीय टोकन प्रणाली एउटा राम्रो अभ्यास भएको जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आउनु भएका राजदेवी नगरपालिका वडा नं. ९ का सेवाग्राही नविनकुमार सिंहले बताउनु भयो । यसले लाईन लाग्नु पर्ने बाध्यताको अन्त्य हुने र टोकन लिइसकेपछि आफ्नो पालो आएपछि जाने हुँदा भिड समेत कम हुने सिंहको भनाइ रहेको छ ।
सोमवारदेखि सुरु भएको विद्युतीय टोकन प्रणालीमा पहिलो टोकन परोहा नगरपालिका वडा नं. ३ बस्ने सिता कुमारीले लिनुभयो । उहाँ नयाँ नागरिकता लिन कार्यालयमा आउनु भएको थियो ।
अहिले जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजे सम्मा मात्र टोकन लिने सुविधा लिने व्यवस्था मिलाइएको प्रशासन शाखाका नायब सुब्बा रामनरेश साहले बताउनु भयो । साहका अनुसार नयाँ नागरिकता शाखा,नागरिकता प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा हाल दैनिक करिब २०० जनाले सेवा लिने गरेको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच