
बारा । शक्तिको दम्भ देखाउँदै पचरौता उपमहानगरपालिकाका प्रमुखले कानून विपरित स्थानीयको घर तोडफोड गरेको आरोप लागेको छ ।
पचरौता नगरपालिका ७ बेनौलीका स्थानीय किशोरी प्रसाद यादवले सोमबार बाराको सदरमुकाम कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो आरोप लगाउनु भएको छ ।
पचरौता नगरपालिकाका नगरप्रमुख जलान्धर सिहले बाटो विस्तारको नाउमा आफूले निजी जग्गामा बनाएको घर भत्काएको उहाँले आरोप लगाउनु भएको छ ।
'बाटोको लागि चाहिने २२ फिट जग्गा भन्दा बढी खाली जग्गा मेरो घर अगाडी रहेको छ',यादवले भन्नुभयो,‘पालिकाले ४० फिट बाटो फराकिलो गर्दा पनि मेरो घर छुने अवस्था छैन तर पनि खाली जग्गा छोडेर मेरो निजी जग्गामा बनेको घर पालिकाले बल जबरस्ती भत्काइएकाे छ ।
जग्गा नाप जाँच गरी जति आवश्यकता छ त्यति जग्गा लिन पटक पटक मेयर सिहलाई आग्रह गरेको थिएँ, यादवले भन्नुभयो,‘सडकलाई आवश्यकता रहेको जग्गा भन्दा बढी जग्गा मेरो घर अगाडी खाली रहेको छ । सडक निर्माणको लागि आवश्यक भएको जग्गा हुँदा हुँदै मेरो निजी जग्गामा बनेको घरलाई तोडफोड गर्न पटक पटक प्रयास भएको उहाँको आरोप छ । यसको बारेमा आफूले बारा जिल्ला अदालतमा समेत मुद्दा दायर गरेको र अदालतले जग्गाको नाप जाँच गरी सडक निर्माण कार्य अगाडी बढाउन आदेश गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाकोे अमिनले नाप जाँच गर्दा समेत मेरोे घर सडकमा नपरेको कुरा बताए पनि नगर प्रमुख सिंह कसैको कुरा नसुनी अदालतको आदेशको समेत अवहेलना गरि आफ्नो निजी जग्गामा बनेको घर सयौको संख्यामा नगर प्रहरी र प्रहरी संचालन गरी तोडफोड गरेको र नगर प्रमुखले गरेको तोडफोडबाट २५ लाख भन्दा बढीको क्षति भएको यादवले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच