
कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले बालबालिकाका साथै किशोरकिशोरी, युवा र जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउनुभयो । अझ १२ पास र २० वर्ष पुरा गरी विवाह गर्ने चेलीहरुलाई नगदसहित सम्मान समेत गर्दै आइरहेको मुक्तानले बताउनुभयो । दीगोपनाका लागि यी यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अवस्थामा छिट्टै नै बालबालिका केन्द्रीत खेलकुदको कार्यक्रम गरिन लागेका छौं,' अध्यक्ष मुक्तानले भन्नुभयो ।
यस अन्तरक्रिया कार्यक्रमले बालबालिका, किशोरकिशोरी र युवाका कुरा संकलित हुने र आगामी नीति तथा कार्यक्रममा ती विषयवस्तु समेटेर अघि बढ्ने अध्यक्ष मुक्तानले प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यालय स्तरमा रहेका किशोर विद्यार्थीहरुको अन्तरक्रियाले स्थानीय सरकारलाई बालबालिका र युवा लक्षित कार्यक्रम निर्माण गर्न सहज रहने बताउनुभयो । अन्तरक्रियाको क्रममा उठेका साझा विषयवस्तुलाई प्रतिवेदन स्वरुप गाउँपालिकामा पेश गरिने समाजका अध्यक्ष ठकुरीले बताउनुभयो । अन्तरक्रियामा मनाेपरामर्श र नेतृत्व विकासका विषयमा पनि छलफल गरिने बताउनुभयो ।
गाउँपालिकामा रहेका ६ वटा माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा अन्तरक्रिया सञ्चालन गरिने जनाइएको छ । तालिमलाई बालबालिका तथा युवा क्षेत्रमा सक्रिय रहेका बालिका चौधरीले सहजीकरण गरिने तय रहेको समाजका अध्यक्ष ठकुरीले बताउनुभयो । सोमबारबाट सुरु भएको तालिम शुक्रबार समापन हुनेछ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रशिक्षक बालिका चौंधरी, भवानी माध्यामिक विद्यालयका प्रअ बालचन्द्र मल्ल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच