
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताउनु भयो । उहाँले नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताउनु भयो । समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भएपनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताउनु भयो । यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न निर्देशन दिनुभयो। नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिलिएर कुदाउन ल्याएको जमात जस्तो नभएको बताउनु भयो । अराजकता सदैव आफूहरुको शत्रु भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौँ । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौँ । यो असम्भव छैन । यो बिल्कुलै सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नसक्ने, नदिने खालको भरसक त्यस्तो प्रणाली हामी कहाँ छ । तर हामीले धेरै भोट र धेरै सिट ल्यायौँ भने कसैलाई बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ । समानुपातिक प्रणाली साधारणतया हंग पाल्र्यामेण्टको प्रणाली हो । यसले कसैको बहुमत आउँदैन, साधारणतया । साधारणतया मात्रै होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ । यो कष्टसाध्य छ, चुनौतिपूर्ण छ, तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । त्यसकारण हामीले मिसन ०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारी यसमा हामी जुटिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच