
सर्लाही ।सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डित कुम्हारको विवाहेतर सम्बन्धका कारण हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवामा आज आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएको हो ।
प्रहरीका अनुसार अरविन्दको विवाहित महिला नजिमा खातुनसँग लामो समयदेखि प्रेम सम्बन्ध थियो । ईश्वरपुर नगरपालिका–६, चिरानटोल निवासी २५ वर्षीया नजिमा तीन सन्तानकी आमा हुन् भने उनका श्रीमान २९ वर्षीय मोस्तकिम अंसारी हुन् ।
प्रहरीको अनुसन्धान अनुसार, चैत १९ गते अरविन्द र नजिमा घरबाट भागेर भारत गएका थिए । एक महिना भारत बसेर उनीहरू बैशाख २० गते नेपाल फर्किए । फर्किएपछि गाउँका पंचहरुले नजिमालाई पुनः श्रीमान मोस्तकिमसँग बस्ने सहमति गराएका थिए । तर, अरविन्दले नजिमाको घरमा आउजाउ गर्न छोडेनन् ।
प्रेम सम्बन्ध कायम रहँदा गाउँ र परिवारबाट मानसिक तनाव खेपिरहेकी नजिमा र उनका आफन्तहरूले मिलेर अरविन्दको हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ।
बैशाख २४ गतेदेखि घरबाट बेपत्ता रहेका अरविन्दलाई बैशाख २८ गते बिहान ईश्वरपुर नगरपालिका–६ स्थित फूलजोर बाबा मन्दिरमा बोलाइयो। त्यहाँबाट अभियुक्तहरूले उनलाई फूलजोर खोला नजिक लगेर हत्या गरेका थिए।
प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार, हत्यापछि शव घाँसपातले छोपेर अभियुक्तहरु घर फर्किएका थिए । भोलिपल्ट राति ९ बजे शवलाई ईश्वरपुर–८ को थकरिया चौरीस्थित उखु बारीमा लगेर फालिएको थियो। बैशाख ३० गते बिहान ८ः३० बजे शव फेला परे पनि त्यसबेला शवको पहिचान हुन सकेको थिएन ।
बैशाख ३१ गते मृतकका दाजु अशोक कुमार पण्डितले शवको सनाखत गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार अरविन्दको मुख थुनेर हत्या गरिएको आशंका गरिएको थियो ।उनको हत्यमा कुनै हतियार प्रयोग गरिएको थिएन ।
पक्राउ परेका अभियुक्तहरूमा नजिमा खातुन, उनका श्रीमान मोस्तकिम अंसारी, ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र ५४ वर्षीय सलाउद्दिन अंसारी रहेका छन् । सबै आपसमा नातेदार हुन्।
प्रहरीले उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखेको जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच