
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर रिहा हुने प्रक्रियामा विष्ट रहेको अदालतले बताएको छ ।
विष्टमाथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोप छ । विष्टले लेखेको उक्त पत्रमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गर्न भनिएको थियो । विष्ट स्वयं उक्त पत्र लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नुभएकाे थियाे ।
सोही पत्रको आधारमा प्रहरीले रेशमलाई पक्राउ गरी कारागार पुर्याएको थियो । तर, पत्र आधिकारिक नभएको खुलासा भएपछि रेशम रिहा हुनु भएकाे थियाे । त्यसपछि विष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच