
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त अध्यक्ष लिलादेवी गड्तौलाले पदभार ग्रहण गर्नुभएको छ ।
अध्यक्ष गड्तौलासँगै आयोगका सदस्यहरु गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपालीले पनि पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले आयोगका जिम्मेवारी धेरै भएकोले हामी नियुक्त भएर आएपनि वास्तविक औजार भनेको कर्मचारी नै भएको बताउनु भयो ।
उहाँले कर्मचारीलाई आवश्यक सहयोगको आग्रह गर्दै कर्मचारीको सहयोगले जिम्मेवारी पूरा गर्न सजिलो हुने स्पष्ट पार्नुभयो । अध्यक्ष गड्तौलाले आयोगका कर्मचारीले जागिर खाने हिसावले मात्र नभई जिम्मेवारी पूरा गर्ने अभियानमा कर्मचारीको साथ र सहयोगको अपेक्षासमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज हामीलाई स्वागत गर्नुभएको छ । म धेरै निर्देशन र अन्य कुरा गर्दिन । सचिवज्युले भन्नुभयो । यसैपनि कर्मचारीहरु पनि कम छन् भन्नुभयो । सचिवज्युले जति भन्नुभयो त्यतिमात्र सुनिरहेका छौं । तपाईंहरुसँग आवश्यकताअनुसार छलफल हुन्छ । पहिले त कर्मचारी कसरी सरुवा हुन्छ कसरी कहाँ पुग्छ भन्ने जानकारी मलाई पनि छ । तपाईहरुलाई पनि आयोग गठन भएपछि यहाँबाट जाउँ जाउँ लागेको छ कि बसुँ बसुँ जस्तो लाग्या छ । तपाईहरु माइन्डमेकअप गरिराख्नुस् । तपाईंहरु आउनुभएको धेरै नभएको पनि हुनसक्छ । यही बस्छु भन्ने लागेको छ भने चार वर्ष यही बस्ने मानसिकता बनाउनुस् । अब पुनः नयाँ कर्मचारी आउँदा फेरि तपाईंहरु जत्तिको बुझेको हुँदैन सबै कर्मचारीलाई सबै ज्ञान हुन्छ भन्ने हुँदैन । यो आयोगको धेरै जिम्मेवारी छ । तपाईंहरुलाई केही सहयोग चाहिएमा आयोग सधैँ अगाडि हुन्छ । यहाँहरुको सकारात्मक सहयोगको अपेक्षा गर्दछौं । हामी अहिले नियुक्ति भएर आएपनि औजार भनेको कर्मचारी नै हो । कर्मचारीले हामीलाई दिलदेखि नै सहयोग गर्नुभयो भने अगाडि बढ्न सजिलो हुन्छ । होइन जागिर खानेमात्र भन्ने हिसावले हो भने हामीलाई पनि अफ्ठ्यारो हुन्छ । त्यसैले यहाँहरुले हामीलाई सहज हुने आशा पनि गर्छु । आगामी दिनमा हामी छुट्टाछुट्टै बसेर छलफल गरौंला ।’
उहाँले कर्मचारीसँग आगामी दिनमा आवश्यकताअनुसार छलफल गर्दै जाने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच