
हेटौंडा । मकवानपुरको एक जंगलमा युवक मृत फेला परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित कोइरालाडाडाको थली जंगलमा एक युवक मृत फेला परेका हुन् ।
सोही स्थानका डिल्लीपुर घर भएका ३५ वर्षका विष्णुप्रसाद सापकोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार घरमा कोही कसैलाई नसोधी निस्किएका सापकोटालाई आफन्तहरुले खोजतलास गर्ने क्रममा २ः२५ बजे घरबाट करिब १.५ किलोमिटर पश्चिम दक्षिणतर्फ कोइरालाडा“डाको जंगलमा शव फेला परेको हो।
सापकोटा यसअघि पनि घरबाट बिनाजानकारी हराउने गरेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतको टोलि (प्रहरी निरिक्षक बिरेन्द्र रायमाझी ) खटिएको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच