
काठमाडौं । नेपाल हस्तकला महासंघले निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष गोविन्द प्रसाद घिमिरे लगायत अन्य पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ।
महासंघको सचिवालयमा आयोजित कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाक्यले नवनिर्वाचित अध्यक्ष घिमिरे र उहाँको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले दुई महासंघबीचको सहकार्यले आगामी दिनमा निर्यात व्यापारलाई थप टेवा पुग्ने विश्वास व्यक्त समेत गर्नुभयो ।
यसै अवसरमा निर्यात व्यवसायी महासंघको कार्यसमितिमा निर्वाचित हुनुभएका हस्तकला महासंघका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो। नवनिर्वाचित पदाधिकारीहरुले हस्तकला महासंघको सद्भाव र शुभकामनाप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच