
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफलका लागि ओली–देउवाबीच भेटवार्ता हुन लागेको बताइएको छ । उहाँहरुबीच आज साँझ भेटवार्ताको समय तय भइसकेको छ । उहाँहरूबीच बालुवाटारमा छलफल हुनेछ ।
नेपाल राष्ट्र बैंक झण्डै डेढ महिनादेखि गभर्नरविहीन छ । यससँगै, नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
बैठकको अर्को मिति र समय पनि तोकिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच