
रौतहट । औषधि पसल अनुगमनमा गएका औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगंजका कर्मचारीमाथि हातपात भएको छ । स्थानियहरुको भिडले गरेको प्रतिकारमा परेर फार्मेसी निरीक्षक र फार्मेसी अधिकृतसहित तीन जना घाइते भएका छन् ।
दर्ता विना पसल संचालन गरिरहेको , बिक्रि बितरणमा रोक लगाइएको औषधि समेत बिक्रि गरेकोउजुरीको आधारमा अनुगमन गर्न औषधी व्यवस्था विभाग वीरगंजका कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधी र नेपाल प्रहरी निरीक्षक सहितको टोलीले राजपुर नपा वडा ४ मा संचालनमा रहेको पसलको चेकजाँच गर्दा कुनै पनि कागजात फेला नपरेपछि पसलमै बसेर मुचुल्का गरि रहँदा पसलमा बसेको एक जना त्यहाँबाट भागेका थिए । त्यसपछि अचानक स्थानिय महिलाहरुसहितको भिड आएर आक्रमण गरि घाइते बनाएको औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगंजका कार्यालय प्रमुख व्यवस्थापक शम्भु साहले जानकारी दिनु भयो । उहाँका अनुसार त्यहाँका समानहरु पनि ल्याउन नसकेको र कार्यालयका कागजातहरु समेत खोसिएको छ ।
स्थानीयले प्रतिकार गर्दै फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मामाथि हातपात हु्ँदा उहाँ घाइते हुनुभएको छ । औषधी व्यवस्था विभाग कर्मचारीलाई बचाउ गर्न खोज्दा राजपुर वडा ५ बस्ने ५५ वर्षिय सुमित्रा देवीसमेत भिडमा परि घाइते हुनु भएको छ ।
घाइते तीनै जनाको प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारको लागि ल्याइएको छ । फार्मेसी निरीक्षक जयसवाल र फार्मेसी अधिकृत शर्माको अवस्था समान्य रहेको र सुमित्रा देवीको उपचार भइरहेकोे छ ।
अवस्था अनियन्त्रित भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको थप प्रहरी टोलीले र केहि स्थानियको मद्दतले अनुगमनका कर्मचारीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश साहले बताउनु भयो ।
संचालकको नाम खुल्न नसकेको हार्डवेयर पसलको बोर्ड राखेर बर्षौदेखि औषधि पसल संचालन गर्दै आएको उजुरी पछि विभागको टोलि अनुगमनमा गएको थियो ।
घटनाको बारेमा अनुसन्धान अघि बढाइएको दोषीलाई पहिचान गरि कार्यवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले अहिलेसम्म उजुरी नआएको बताउनु भयो । उजुरी आउने लगतै कार्यवाही प्रक्रिया अगाडी बढाउने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच