भोजपुर । भोजपुरका दुई सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेको जनसेवा आधारभूत विद्यालय र भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई सोमवार शैक्षिक सामाग्री बितरण गरिएको हो । सामाजिक अभियन्ता जनक नेपालले बालबालिकालाई पढाईप्रति थप आकर्षित गर्न कापी, पेन्सिल, कलम, फुटवल लगायतका शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नु भएको हो ।
जनसेवा आधारभूत विद्यालयमा बालशिशु कक्षादेखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र सो भन्दा माथिका विद्यार्थीका लागि फुटबल उपलब्ध गराईएको छ । बिद्यालयको शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरुको आवश्यकतालाई ध्यान दिएर शैक्षिक सामाग्रीहरु सहयोग गरिएको नेपालले बताउनुभयो । यस्तै भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री बितरण गरिएको छ ।
दाताबाट प्राप्त सहयोगले विद्यार्थीहरुलाई हौसलाका साथै पठनपाठनमा पनि सहयोग मिलेको जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पाण्डेले बताउनुभयो । त्यस्तै यस्ता सहयोगले विद्यालय संचालनका साथै बिद्यार्थीहरुलाई पनि राहत मिलेको भोजपुर बहिरा आवासीय आधारभुत बिद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो ।
बिश्व हिन्दु सिद्धकाली एकता नेपालका केन्द्रिय अध्यक्ष तथा राप्रपा भोजपुरका संगठन प्रमुख समेत रहनु भएका नेपालले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आगामी दिनहरुमा पनि अभियान जारी राख्ने बताउँदै बर्षो देखि बिद्यालयहरुमा शैक्षिक छात्रबृत्तिको कार्यक्रमहरु समेत संचालन गर्दे आई रहेको बताउनुभयो । शैक्षिक र खेलुकद सामाग्री पाएपछि बिद्यार्थीहरुमा पनि उत्साह देखिएको छ ।
सामाग्री बितरणमा राप्रपाका प्रवत्ता प्रमोद कार्की लागायत नेता कार्यकर्ता, शिक्षक, बिद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच