काठमाडौं । कासल एडुकेसन कन्सल्टेन्सी नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन हुन थालेको छ । १८ वर्ष पुरानो उक्त कन्सल्टेन्सी कर्पोरेट म्यानेजमेन्ट, बिजनेस डेभलपमेन्ट तथा शैक्षिक क्षेत्रमा एक दशकभन्दा बढी सफल कार्यसम्पादन गर्नुभएका उज्ज्वल केसीले खरिद गरी नयाँ रणनीतिसाथ सञ्चालन गर्न लाग्नुभएको हो ।
ललितपुरको कुमारीपाटीमा रहेको कन्सल्टेन्सी विज्ञापन व्यवसायी एवं त्रिकोण एडभरटाइजिङका प्रबन्ध निर्देशक तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वसचिव राजेन्द्र अर्याल र उहाँकी श्रीमती पुनम अर्यालले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही मार्गदर्शन गर्नुका साथै विश्वव्यापी अवसरहरूमा जोड्ने कम्पनीको उद्देश्य रहेको केसीले बताउनुभएको छ । जसले विद्यार्थीलाई कलेज आवेदन, छात्रवृत्ति, एसेसमेन्ट क्लास, रजिस्ट्रेसन, भिसाका लागि आवश्यक पर्ने डकुमेन्ट, भिसासम्बन्धी अन्तर्वार्ता, यात्रा व्यवस्थापन र एयरपोर्टमा रिसिभ तथा बसोबासको व्यवस्थासम्ममा सहजीकरण गर्दै आएको छ ।
संयुक्त राज्य अमेरिकाको वेब्सर युनिभर्सिटी, विचिता स्टेट युनिभर्सिटी, मुनरो कलेज, सागिनाव भ्याली स्टेट युनिभर्सिटी, ज्याक्सनभिल्ले स्टेट युनिभर्सिटी तथा अमेरिकन नेसनल युनिभर्सिटी र अस्ट्रेलियाको किङ्स ओन इन्स्टिच्युट तथा युटिएससँग कासलको साझेदारी रहेको पनि कम्पनीका प्रबन्ध निर्देशक केसीले जानकारी दिनुभयो । त्यसबाहेक नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययन गन्तव्यका रूपमा रहेका सबै मुलुकका गरी तीन सयभन्दा बढी शैक्षिक संस्थासँग कम्पनीको साझेदारी रहेको छ । भिसा प्रोसेसिङ, इन्ट्रान्स प्रिपेरेसन, आइइएलटिएस, माइग्रेसन सर्भिस र विदेशी भाषाको तालिममा पनि कम्पनीले विद्यार्थीलाई सहयोग र मार्गदर्शन गर्ने उहाँले बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर