काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ सार्वजनिक गरिएको छ । काठमाडौं एक कार्यक्रमबी मंगलबार उक्त कृतिको सार्वजनिक गरिउएको हो । यो उहाँको नियात्रा पाँचौ र साहित्यमा अठारौँ कृति हो । कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंले कृति सार्वजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरणको सुन्दर सम्मिश्रण रहेको धारणा राख्नुभयो । उहाँले साहित्यकारको व्यक्तित्व उहाँका कृतिमा झल्किने बताउँदै यस कृतिलाई विभिन्न रोचक प्रसंग, कविता तथा गजलहरूले सजिएको उत्कृष्ट कृति भएको जिकिर गर्नुभयो ।
प्रा.कपिल अज्ञातले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशले भरिएको कुरा उल्लेख गर्नुभयो । अर्का समीक्षक अनुपमा रेग्मीले वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्तिको गहनतालाई प्रशंसा गर्नुभएको थियो । कृतिकार बुढाथोकीले आफ्नो कृतिको अन्तर्य र लेखकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सर्जक श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली, सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रकाश घायलले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता विष्णुबहादुर सिंहले गर्नुभएको थियो । कार्यक्रमको आयोजना शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश त्रैमासिकले गरेका थिए । यस नियात्राकृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर